५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निहारिका राजपूत अचेत अवस्थामा फेला



निहारिका, श्रीमान शिवराज र छोरा
अ+ अ-

जनकपुरधाम । निहारिका राजपुत अचेत अवस्थामा फेला परेपछि प्रहरीले अस्पताल पुर्याएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेकी निहारिकालाई प्रहरीले उद्दार गरी प्रादेशिक अस्पताल लगिएको छ ।

निहारिका डेरामै छटपटाई रहेको भनेर स्थानीयले प्रहरी कार्यालयमा खबर गरेपछि उनलाई अस्पताल पुर्याएको हो । प्रहरी कोठामा पुग्दा उनी खाटमै ढलेकी थिईन् । उनीले बिष सेवन गरेको अनुमान गरिएको छ ।

निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध विग्रेकोले उनी छुट्टै डेरा लिएर छोरासँग जनकपुरमा बस्दै आएकी बताइएको छ । शिवराज र निहारिकाले श्रीमान /श्रीमतीको रुपमा ०७९ माघ १७ मा मिलापत्र गरेका थिए ।