२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

कामपाको नीति तथा कार्यक्रममा सम्पदा संरक्षणमा जोड

कामपाको नीति तथा कार्यक्रममा सम्पदा संरक्षणमा जोड
अ अ+ अ-

काठमाडौँ । विगतको वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रममा सम्पदा संरक्षण गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । कामपाले बिहीबार आगामी आव २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । जसमा  कामपा क्षेत्रभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि परम्परागत बाजा सिकाउने गुरु, सामुदायिक गुम्बाको सञ्चालनमा संलग्न प्रमुख लामालाई सम्मान गर्ने कार्यलाई निरन्तर दिइने उल्लेख छ ।

त्यसैगरी सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण योगदान गर्दै आइरहेका गुठी, बाजा खलः, भजन खलः, जात्रा, परम्परागत नाचसँग सम्बन्धित सङ्घसंस्थालाई आर्थिक सहयोग उपलब्ध गराइने भएको छ । हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारीघरको जीर्णोद्वार कार्य शुरु गरिनेछ । थापाथली पुलबाट शङखमुलसम्मको नदी किनारालाई हरियाली तथा खुला क्षेत्रका रूपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

भद्रकाली मन्दिर र महाँकाल मन्दिर परिसरको विकास, मर्मतसम्भार तथा जीर्णोद्वार कार्य यसै आवमा शुरु गर्ने, महानगरपालिकाले हालसम्म निर्माण, पुनःनिर्माण र जीर्णोद्धार गरेका मूर्त सम्पदाको अभिलेखीकरण र प्रकाशन गर्नेजस्ता कुरा पनि उल्लेख गरिएको छ ।
 
ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाइने
 
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रका रूपमा विकास गरिनेछ । कामपा क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरिने  नीति तथा कार्यक्रममा भनिएको छ ।

“पशुपतिनाथलगायत दर्शनार्थीको धेरै चाप हुने धार्मिकस्थलका सरोकारवालाको सहयोगमा दर्शनका लागि पंक्ति व्यवस्थापन प्रणाली व्यवस्था गरिनेछ । आर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, संवद्र्धन र विस्तारमा जोड दिने नीति लिइनेछ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।