२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप: विरनदीप र आमिरको अर्धशतकमा मलेसियाले साउदीलाई हरायो



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा विरनदीप सिंह र मोहम्मद आमिरको अर्धशतकमा मलेसियाले साउदी अरेवियालाई ८ विकेटले पराजित गरेको छ ।

पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसियाले दोस्रो खेलमा साउदीलाई सहजै हराएको हो । साउदीले जितको लागि दिएको १ सय ५४ रनको विजयी लक्ष्य मलेसियाले २१।२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

मलेसियाको जितमा मोहम्मद आमिरले ४४ बलमा १२ चौकासहित अर्धशतक प्रहार गरे । उनले ५६ रनको योगदान दिए ।अर्का ओपनर विरनदीप सिंह ५३ बलमा ८ चौकाको सहयोगमा ५१ रन बनाएर आउट भए । पहिलो विकेटका लागि आमिर र विरनदीपले ८२ रनको साझेदारी गरेका थिए ।

यस्तै, साउदी अरेवियाका जैन उल अबिदीनले दुई विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६.२ ओभरमा १ सय ५३ रन बनाएर अल आउट भयो । साउदीका विकेटकिपर हसिब गाफुरले सर्वाधिक ४० रन बनाए । यस्तै, ओपनर अब्दुल वाहिदले ३६ , अतिफ उर रहमानले १८, मोहम्मद हसन शेख २१ रन बनाए ।

मलेसियाका खिजार हायतले सर्वाधिक ३ विकेट लिए । यस्तै, मोहम्मद वाफिक, रिजवान हैदर र अनवार रहमानले समान २र२ विकेट लिदा विरानदीप सिंहले १ विकेट लिए ।

एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी रहेका छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् ।