८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनलाई उछिन्दै विश्वमा धेरै जनसंख्या हुने राष्ट्र बन्यो भारत



अ+ अ-

एजेन्सी । भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (युएनएफपीए)को प्रतिवेदनले भारतमा अहिले चीनभन्दा ३० लाख बढी जनसंख्या रहेको खुलासा गरेको छ ।

तथ्याङ्क अनुसार भारतको जनसंख्या १४२ करोड ८६ लाख छ । अर्कोतर्फ चीनको जनसंख्या १४२ करोड ५७ लाख रहेको छ ।

सन् २०२३ मा भारत सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्ने विश्वका विज्ञहरूले यस वर्षको सुरुमै भविष्यवाणी गरेका थिए । युएनएफपीएको नयाँ तथ्यांकले पनि यसको पुष्टि गरेको छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार भारतको जनसंख्या एक वर्षमा १.५६ प्रतिशतले बढेको छ ।

प्रतिवेदनमा नयाँ तथ्यांक ‘डेमोग्राफिक इन्डिकेटर’को श्रेणीमा दिइएको छ । संयुक्त राष्ट्रसंघले सन् १९५० देखि विश्वको जनसंख्या तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । त्यसयता भारतले जनसंख्याको आधारमा चीनलाई पछाडि पारेको यो पहिलो पटक हो ।

गत वर्ष सार्वजनिक गरिएको एक प्रतिवेदनले पछिल्लो ६ दशकमा पहिलो पटक चीनको जनसङ्ख्यामा कमी आएको खुलासा गरेको छ । चीनमा जन्मदर पनि घटेको छ र यो वर्ष माइनसमा रेकर्ड गरिएको छ ।




भर्खरै