• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   चिसो मौसममा भिक्षु विद्यार्थीलाई ज्याकेटले दिएको खुसी ★   सन्दीपको मुद्दामा जेठ १ गते पेशी ★   तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने ★   नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी ★   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ: उपकुलपति बस्नेत ★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ? ★   बाफलमा आगलागी: तीन जनाको अवस्था गम्भिर ★   ४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर ★   खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी ★   सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ

चीनलाई उछिन्दै विश्वमा धेरै जनसंख्या हुने राष्ट्र बन्यो भारत



एजेन्सी । भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (युएनएफपीए)को प्रतिवेदनले भारतमा अहिले चीनभन्दा ३० लाख बढी जनसंख्या रहेको खुलासा गरेको छ ।

तथ्याङ्क अनुसार भारतको जनसंख्या १४२ करोड ८६ लाख छ । अर्कोतर्फ चीनको जनसंख्या १४२ करोड ५७ लाख रहेको छ ।

सन् २०२३ मा भारत सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्ने विश्वका विज्ञहरूले यस वर्षको सुरुमै भविष्यवाणी गरेका थिए । युएनएफपीएको नयाँ तथ्यांकले पनि यसको पुष्टि गरेको छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार भारतको जनसंख्या एक वर्षमा १.५६ प्रतिशतले बढेको छ ।

प्रतिवेदनमा नयाँ तथ्यांक ‘डेमोग्राफिक इन्डिकेटर’को श्रेणीमा दिइएको छ । संयुक्त राष्ट्रसंघले सन् १९५० देखि विश्वको जनसंख्या तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । त्यसयता भारतले जनसंख्याको आधारमा चीनलाई पछाडि पारेको यो पहिलो पटक हो ।

गत वर्ष सार्वजनिक गरिएको एक प्रतिवेदनले पछिल्लो ६ दशकमा पहिलो पटक चीनको जनसङ्ख्यामा कमी आएको खुलासा गरेको छ । चीनमा जन्मदर पनि घटेको छ र यो वर्ष माइनसमा रेकर्ड गरिएको छ ।