३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता परिवारलाई खाध्यान्न तथा शैक्षिक सामग्री प्रदान



अ+ अ-

धादिङ्ग । शारीरिक अपाङ्गता तथा गरिब परिवारलाई "हाम्रो परिवार राम्रो परिवार" ले खाध्यान्न तथा शैक्षिक सामग्री प्रदान गरिएको छ ।

धादिङ्ग गल्छि गाउँपालिका–८ चरिपौवामा बस्दै आएका ललित बा. तमाङ्ग आफै पनि अपाङ्ग रहनु भएको छ । उहाँको दुइ सन्तान छनर र दुबै सन्तान पनि अपाङ्ग नै रहेको उहाँ बताउनु हुन्छ ।

उपचारमा पनि आफूसँग आर्थिक अवस्था नाजुक रहेको उहाँले बताउनुभयो। हाल उपचारका तथा खाध्यान्नको लागि आर्थिक अभाव भएपछि 'हाम्रो परिवार राम्रो परिवार' बाट खाध्यान्न तथा शैक्षिक सामग्री वितरण गेरेको संस्थाको सचिव दिपेन्द्र खण्डकाले जानकारी दिनुभयो।

निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेको र अपाङ्गता परिवारका बारेमा जानकारी आएअनुसार सोही ठाउँमा गएर त्यहाँका युवाहरुको साथमा राहत वितरण गरेको हो।

'हाम्रो परिवार राम्रो परिवार' को यो चौध्यौँ कामको लागि ईन्दु प्रर्धानको जन्मदिनको अवसरमा उहाँले पनि सहयोग गर्नुभयो । उक्त सामाग्रीहरू त्यस सँस्थाको सचिव दिपेन्द्र खण्डका कोषाध्यक्ष सोनि बस्नेतलगायत टिमबाट सहयोग हस्तान्तरण गरिएको छ ।