२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता परिवारलाई खाध्यान्न तथा शैक्षिक सामग्री प्रदान



अ+ अ-

धादिङ्ग । शारीरिक अपाङ्गता तथा गरिब परिवारलाई "हाम्रो परिवार राम्रो परिवार" ले खाध्यान्न तथा शैक्षिक सामग्री प्रदान गरिएको छ ।

धादिङ्ग गल्छि गाउँपालिका–८ चरिपौवामा बस्दै आएका ललित बा. तमाङ्ग आफै पनि अपाङ्ग रहनु भएको छ । उहाँको दुइ सन्तान छनर र दुबै सन्तान पनि अपाङ्ग नै रहेको उहाँ बताउनु हुन्छ ।

उपचारमा पनि आफूसँग आर्थिक अवस्था नाजुक रहेको उहाँले बताउनुभयो। हाल उपचारका तथा खाध्यान्नको लागि आर्थिक अभाव भएपछि 'हाम्रो परिवार राम्रो परिवार' बाट खाध्यान्न तथा शैक्षिक सामग्री वितरण गेरेको संस्थाको सचिव दिपेन्द्र खण्डकाले जानकारी दिनुभयो।

निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेको र अपाङ्गता परिवारका बारेमा जानकारी आएअनुसार सोही ठाउँमा गएर त्यहाँका युवाहरुको साथमा राहत वितरण गरेको हो।

'हाम्रो परिवार राम्रो परिवार' को यो चौध्यौँ कामको लागि ईन्दु प्रर्धानको जन्मदिनको अवसरमा उहाँले पनि सहयोग गर्नुभयो । उक्त सामाग्रीहरू त्यस सँस्थाको सचिव दिपेन्द्र खण्डका कोषाध्यक्ष सोनि बस्नेतलगायत टिमबाट सहयोग हस्तान्तरण गरिएको छ ।