३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिट गरी हत्या गरेको आरोपमा चारजना कारागार चलान



फाइल फोटो
अ+ अ-

सप्तरी । जिल्लाको खड्क नगरपालिका ५ बस्ने रामदल यादवलाई  कुटपिट गरी हत्या गर्ने चारजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

गत जेठ ६ गते दिउँसो यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा चारजना सप्तरी जिल्ला अदालतको आदेशमा जेल चलान भएका हुन् ।

जेल चलान हुनेहरुमा खडक नगरपालिका ५ का ३० वर्षीय विनय यादव, वर्ष ३० कै मनोजकुमार यादव, वर्ष २४ का मुकेशकुमार यादव र वर्ष ३१ का महेशकुमार पासवान रहेका छन् । 

उनीहरुलाई विहीबार पुर्पक्षका लागि जेल चलान गरिएको हो।

यादवको उपचारको क्रममा उनको मृत्यु भएको थियो। घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।