३ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिब क्रिकेटरहरुका लागि होस्टेल बनाउँदै रिंकु सिंह, गरे ५० लाख सहयोग



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्सका ब्याट्सम्यान रिंकु सिंह धेरै वर्षदेखि यो फ्रेन्चाइजीसँग आबद्ध छन् । उनले टोलीका लागि थुप्रै खेलहरू पनि खेल्दै आएका छन्, यो वर्ष उनले चमत्कार गरे । उनले आफ्नो पहिलो आईपीएल खेल २०१८ मा खेले, तर यसै वर्ष उनले गुजरातविरुद्धको खेलमा अन्तिम पाँच बलमा पाँच छक्का प्रहार गरेर कोलकातालाई जित दिलाए । यससँगै क्रिकेट जगतमा सबैलाई रिंकु सिंहको बारेमा थाहा भयो ।

बायाँ हाते ब्याट्सम्यानले धेरैजसो अवसरमा एक छेउमा ब्याटिङ गर्छन् र खेललाई अन्त्यसम्म लैजान प्रयास गर्छन् । रिंकुले अन्तिम ओभरमा छिटो रन बनाएर खेल जित्ने प्रयास गर्छन् । जसअनुसार गुजरातविरुद्ध त्यसो गर्न उनी सफल भए ।

एक ओभरमा पाँच छक्का प्रहार गरेपछि रिंकु सिंह चर्चामा रहेका छन् । गरिबीमा हुर्केका रिंकुले निरन्तर संघर्ष र मिहिनेतले क्रिकेटरको रुपमा करियर बनाएका थिए । मिडिया रिपोर्टका अनुसार रिंकु अब उनीजस्ता धेरै खेलाडीलाई सहयोग गर्न चाहन्छन् । यही कारणले उनले अलीगढमा होस्टल बनाउन लागेका हुन् । यसका लागि उनले ५० लाख रुपैयाँ खर्च गरिसकेका छन् । यो होस्टल अर्को महिनासम्ममा तयार हुनेछ ।

रिंकुका बाल्यकालका प्रशिक्षक मसुदज–जफर अमिनीलाई मिडिया रिपोर्टमा उद्धृत गरिएको छ, “उनी सधैं युवा खेलाडीहरूका लागि छात्रावास निर्माण गर्न चाहन्थे, जससँग आफ्नो सपना पूरा गर्न आर्थिक स्रोत छैन । उनी अहिले आर्थिक रूपमा बलियो भइसकेका छन् र आफ्नो सपना पूरा गर्दैछन् । रिंकु टोलीमा आउनुभन्दा करिब तीन महिनाअघि नै काम सुरु भएको थियो । होस्टेलमा १४ वटा कोठा हुनेछन् र प्रत्येकमा चार जना खेलाडी अटाउन सक्नेछन् । छुट्टै शौचालय पनि निर्माण भइरहेको छ । खेलाडीहरूले क्यान्टिनमा खाना खान पाउनेछन् । यसका लागि करिब ५० लाख रुपैयाँ लाग्ने र सम्पूर्ण खर्च रिंकुले बेहोरेका छन् ।’

रिंकु सिंहले यो सिजन केकेआरका लागि पाँच खेलमा १६२.६२ को स्ट्राइक रेटमा १७४ रन बनाएका छन् । उनले अर्धशतक बनाएका छन् । यद्यपि उनको सबैभन्दा अविस्मरणीय पारी गुजरात टाइटन्स विरुद्ध आयो जब उनले यश दयाललाई अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गरी आफ्नो पक्षलाई जित दिलाए ।