३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका पूर्व कानून मन्त्रीलाई निर्वाचन आचार संहिता उल्लघन गरेको आरोपमा ३ वर्ष जेल सजायको फैसला



अ+ अ-

दीपक गौतम 

मतदातालाई प्राभावित पार्ने उद्देश्यले रकम बाडेको आरोपमा प्रहरी हिरासतमा रहेका जापानका पूर्व कानून तथा न्याय मंत्री खावाई खाचुयुकीलाइ ३ बर्ष जेल सजायको फैसला सुनाइएको छ । 

टोकियो जिल्ला अदालतले २०१९ को निर्वाचनताका मतदातालाई प्रभावित गर्ने नियतले १०० जना भन्दा बढीलाई २ करोड ९० लाख रुपया बाडेको ठहर गर्दै ३ वर्ष जेल सजायको फैसला सुनाएको हो । 

न्यायाधीश यासुकी ताकाहाशीको इजलासले मतदातालाइ वितरण गरिएको २ करोड ९० लाख मध्ये २ करोड ८७ लाख १० हजार जपथ गर्नुपर्ने ठहर गरेको छ । खावाई आबे सरकारका पालामा मन्त्री पदमा बहाल रहेकै बेला रकम वितरण गरेको समाचार सार्बजनिक भएपछि राजिनामा दिएका थिए ।

उनका वकीलहरुले भने अदालतको फैसलाप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । "त्यो बिशुद्द चुनाबी अभियान थियोु अदालतको फैसला पछि उनका वकिलले भनेका छन् । यो फसैलाले चुनाबी अभियान र राजनीतिक गतिविधिलाई गम्भीर प्रभाव पार्नेछ ।" खवाइका वकिलहरुले अदालतको फसलालाई अस्विकार गर्दै जमानत दिन माग गरेका छन् ।