२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार सम्मेलनमा ड्रिङ्क्सका बोतल नहटाउन युइएफएको अपिल



अ+ अ-

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कोका–कोलाको बोतल हटाएसँगै सुरु भएको स्पोनसरको बोतल हटाउने लहर चलेपछि युइएफले युरो २०२० मा सहभागी टोलीहरूलाई त्यस्तो नगर्न अपिल गरेको छ ।

युरो २०२० कै पत्रकार सम्मेलनका दौरान आफ्नो कुर्सी नजिक भएका स्पोनसर ड्रिङ्क्सका बोतल रोनाल्डो, पौल पोग्बा र म्यानुएल लोकाटेलीले हटाएपछि युइएफएले एक्शन लिएको हो ।

प्रतियोगिताका लागि प्रायोजकबाट आउने आम्दानी महत्त्वपूर्ण रहेको युइएफएले बताएको छ ।