१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’

एमाले विनाको सर्वदलीय बैठकमा संसद सूचारु गराउन पहल गर्ने सहमति

एमाले विनाको सर्वदलीय बैठकमा संसद सूचारु गराउन पहल गर्ने सहमति
अ अ+ अ-

काठमाडौँ I सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गर्नु भएको सर्वदलीय बैठकमा संसद सूचारु गराउन गम्भिर पहल गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद सूचारु गराउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने महत्वपूर्ण सहमती गरिएको सभामुख सापकोटाले जानकारी दिनु भयो । उहाँले संसदमा विचाराधिन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरु पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरुको ध्यानाकर्षण गराइएको पनि बताउनु भयो ।

सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद सूचारु गराउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘निरन्तर विपक्षसँग सरकारले, सत्तारुढ गठबन्धनले निरन्तर अन्तरक्रिया, छलफल गरेर संसद सूचारु गर्नका लागि पहल गर्ने, प्रयत्न गर्ने र सदनमा छलफलको वातावरण तयार पार्नेलगायतका विषयहरुमा धेरै कोणबाट धेरै महत्वपूर्ण छलफल भएको छ । र त्यसका साथसाथै राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ । र, त्यो सहमती बनाउनका लागि सबैले पहल, प्रयत्न गर्ने भन्ने कुरा भएको छ । मलाई के लागेको छ भने–यो आजको बैठकले संसद सूचारु गर्नका लागि सबैलाई गम्भिर बनाएको छ । यसका लागि गम्भिर पहल गर्ने अनुभूति भएको छ । साथसाथै बैठकमा नागरिकताजस्ता, हवाई उडड्यनलगायतका महत्वपूर्ण विधेयकहरुलाई पारित गर्ने विषयमा पनि आफूले बैठकमा ध्यानाकर्षण गराएको छु ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउने विषयमा छलफल गरिएको सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले बताउनु भयो । उहाँले एमालेले जुन विषय उठाएर जनताको सार्वभौमथलो संसदलाई अवरुद्ध पारिरहेको छ, त्यो गैरकानुनी, असंवैधानिक र गलत रहेको दावी समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘संसदलाई कसरी सूचारु गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल भएको छ ।

त्यसैगरी संसदमा विचाराधिन ४२ वटा विधेयकहरुलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको छ । प्रतिपक्षलाई पनि सहमतीमा ल्याएर संसद सूचारु गराउने सहमति भएको छ । एमालेले संसद अवरुद्ध जुन विषय उठाएर गरेको छ, त्यो असंवैधानिक, गैरकानुनी र गलत छ ।’

बैठकमा सत्तारुढ गठबन्धनले पनि संसदमा विचाराधिन ४२ वटा विधेयक रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउन समेत नदिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेको आलोचना गरेका थिए भने सभामुख सापकोटाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने ती विधेयकहरु अघि बढाउन सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल एमालेसँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिनु भएको थियो ।