१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले विनाको सर्वदलीय बैठकमा संसद सूचारु गराउन पहल गर्ने सहमति



अ+ अ-

काठमाडौँ I सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गर्नु भएको सर्वदलीय बैठकमा संसद सूचारु गराउन गम्भिर पहल गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद सूचारु गराउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने महत्वपूर्ण सहमती गरिएको सभामुख सापकोटाले जानकारी दिनु भयो । उहाँले संसदमा विचाराधिन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरु पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरुको ध्यानाकर्षण गराइएको पनि बताउनु भयो ।

सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद सूचारु गराउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘निरन्तर विपक्षसँग सरकारले, सत्तारुढ गठबन्धनले निरन्तर अन्तरक्रिया, छलफल गरेर संसद सूचारु गर्नका लागि पहल गर्ने, प्रयत्न गर्ने र सदनमा छलफलको वातावरण तयार पार्नेलगायतका विषयहरुमा धेरै कोणबाट धेरै महत्वपूर्ण छलफल भएको छ । र त्यसका साथसाथै राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ । र, त्यो सहमती बनाउनका लागि सबैले पहल, प्रयत्न गर्ने भन्ने कुरा भएको छ । मलाई के लागेको छ भने–यो आजको बैठकले संसद सूचारु गर्नका लागि सबैलाई गम्भिर बनाएको छ । यसका लागि गम्भिर पहल गर्ने अनुभूति भएको छ । साथसाथै बैठकमा नागरिकताजस्ता, हवाई उडड्यनलगायतका महत्वपूर्ण विधेयकहरुलाई पारित गर्ने विषयमा पनि आफूले बैठकमा ध्यानाकर्षण गराएको छु ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउने विषयमा छलफल गरिएको सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले बताउनु भयो । उहाँले एमालेले जुन विषय उठाएर जनताको सार्वभौमथलो संसदलाई अवरुद्ध पारिरहेको छ, त्यो गैरकानुनी, असंवैधानिक र गलत रहेको दावी समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘संसदलाई कसरी सूचारु गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल भएको छ ।

त्यसैगरी संसदमा विचाराधिन ४२ वटा विधेयकहरुलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको छ । प्रतिपक्षलाई पनि सहमतीमा ल्याएर संसद सूचारु गराउने सहमति भएको छ । एमालेले संसद अवरुद्ध जुन विषय उठाएर गरेको छ, त्यो असंवैधानिक, गैरकानुनी र गलत छ ।’

बैठकमा सत्तारुढ गठबन्धनले पनि संसदमा विचाराधिन ४२ वटा विधेयक रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउन समेत नदिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेको आलोचना गरेका थिए भने सभामुख सापकोटाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने ती विधेयकहरु अघि बढाउन सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल एमालेसँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिनु भएको थियो ।