२२ असार २०८३, सोमबार
,
Latest
नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : पूर्वमुख्यमन्त्री गुरुङ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा बोल्दै गुरुङले संघीयतालाई बलियो बनाउन डटेर लागेमा प्रदेश सरकारलाई सहयोग गर्ने समेत बताएका छन् ।

‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ, संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’ उनले भने । 

राजनीतिक इतिहास भएको परिवारबाट आएका पोखरेललाई विश्वासको मत दिन्नँ भन्न गाह्रो भएको उनको भनाई थियो । 

यद्यपि पोखरेलले आफू नेतृत्वको सरकारलाई मत माग्दै गर्दा मुख्यमन्त्रीप्रति सद्भाव रहेको तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको भन्दै यसलाई समर्थन गर्न नसकिने उल्लेख गरेका हुन् । 




भर्खरै