• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक शुरु



फाईल फोटो

काठमाडौं । संवैधानिक परिषद्को बैठक शुरु भएको छ ।

बैठक आज (बुधवार) बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुभएको छ ।

८ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी शुरु भएको हो । आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गरी निस्कर्षमा पुग्ने बताइएको छ ।