५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिस्केट जात्राको अन्तिम दिन: नासमना पुग्यो रथ



अ+ अ-

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा हिजो मध्यरातिदेखि सम्पन्न भएको छ । गत चैत २७ गतेदेखि टौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा मंग्ल्ब्ँरसाँझ ग:हिटीबाट पुन: भैरवको रथ तानेर मनाइएको छ ।

म्ंग्ल्ब्ँर साँझ सबै पूजा सम्पन्न भएपछि तान्न थालिएको रथ राति ९ बजे नासमना पुर्‍याएर फर्काउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । उहाँले मध्यरातसम्म रथलाई टौमढी ल्याएर देवतालाई देवगृहमा पुर्‍याएर जात्रा सम्पन्न हुने बताउनुभयो ।

जात्राको सुरुको दिन रथ तान्ने क्रममा राति ढुङ्गा हानाहान हुँदा ११ जना पक्राउ परेका थिए भने २३ जना घाइते भएका थिए । आजको जात्राको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान विभाग र सिभिल प्रहरी गरी जात्राका लागि एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

चालीस जना प्रहरीलाई हातहातमा मोबाइल दिएर फोटो र भिडियो खिच्न मात्रै परिचालन गरेको बताउँदै हिजो पनि ढुङ्गा हानाहान गरे खोजी गरी पक्राउ गरेर सार्वजनिक मुद्दा चलाउने बताउनुभयो । विसंअनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नववर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ ।

जात्राको अन्तिम दिन साँझ टौमढीबाट रथ तान्न सुरु गरेको छ । स्थानीयले टौमढीका तल र माथिका बासिन्दाले आ–आफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । रथलाई तानेर टौमढी पुर्‍याएपछि यसवर्षको जात्रा सम्पन्न हुनेछ ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार ग:हिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन् । रथलाई तानी सकेपछि आजै रातिसम्म रथलाई पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ ।रासस