२२ असार २०८३, सोमबार
,
Latest
नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकमा नयाँ विषेशता थप्ने तयारी



अ+ अ-

वासिङ्टन । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । 

कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो । 

पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ । अडियो सेवाका बारेमा इमेल मार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन् । 

फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ । कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने भएको छ । (रासस-एएनआई)




भर्खरै