• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

चेल्सीलाई पाखा लगाउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा



एजेन्सी । रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीलाई २–० ले पराजित गर्दै समग्रमा ४–० को नतिजासहित स्पेनिस महारथी रियलले अन्तिम चारमा स्थान बनाएको हो ।

यसअघि आफ्नो घरेलु मैदान सान्टियागो बर्नबेउमा २–० को नतिजा निकालेको रियलले चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा पनि २–० को नतिजा निकाल्दै एग्रिगेटमा ४–० सहित उपाधिको यात्रामा अघि बढेको हो ।

रियललाई जित दिलाउन दुबै गोल रोड्रीगोले गरे । उनले खेलको ५८ औं र ८० औं मिनेटमा गोल गरेका हुन् । यता, चेल्सीको च्याम्पियन्स लिगको यात्रा भने यहिँ टुंगिएको छ ।