५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई पाखा लगाउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीलाई २–० ले पराजित गर्दै समग्रमा ४–० को नतिजासहित स्पेनिस महारथी रियलले अन्तिम चारमा स्थान बनाएको हो ।

यसअघि आफ्नो घरेलु मैदान सान्टियागो बर्नबेउमा २–० को नतिजा निकालेको रियलले चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा पनि २–० को नतिजा निकाल्दै एग्रिगेटमा ४–० सहित उपाधिको यात्रामा अघि बढेको हो ।

रियललाई जित दिलाउन दुबै गोल रोड्रीगोले गरे । उनले खेलको ५८ औं र ८० औं मिनेटमा गोल गरेका हुन् । यता, चेल्सीको च्याम्पियन्स लिगको यात्रा भने यहिँ टुंगिएको छ ।