• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

मुम्बईले हैदरावादलाई १४ रनले हरायो, रोहितको ६ हजार रन पूरा



एजेन्सी । १६ औं सिजनको इन्डियन प्रिमियर लिग (आइपीएल)को २५ औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई उसैको घरेलु मैदानमा १४ रनले पराजित गरेको छ ।

मंगलबार राति सम्पन्न खेलमा सनराइजर्सका कप्तान एडेन मार्करामले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर १९२ रन बनाएको थियो । जवाफमा हैदरावादको टोली १९.५ ओभरमा १७८ रनमा अलआउट भयो ।

सनराइजर्स हैदरावादलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । मुम्बईका कप्तान रोहित शर्माले युवा अर्जुन तेन्दुलकरलाई बलिङ गर्न बोलाए । अर्जुनले कप्तानको विश्वासलाई सार्थक पार्दै चार रन मात्र दिए । उनको ओभरमा दुई विकेट पनि परे । दोस्रो बलमा अब्दुल समद रन आउट भए भने पाँचौं बलमा अर्जुन तेन्दुलकरले भुवनेश्वर कुमारलाई रोहित शर्माको हातमा क्याच आउट गराएर टोलीलाई महत्वपूर्ण जित दिलाए । उनले पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध डेब्यु गर्ने मौका पाएका थिए । त्यसपछि अर्जुनले दुई ओभरमा १७ रन दिएका थिए । उनी दुवै खेलमा आफ्नो बलिङबाट प्रभावित भएका छन् ।

सनराइजर्सका लागि पाँच ब्याट्सम्यानले मात्र दोहोरो अंक पार गर्न सके । मयंक अग्रवालले ४१ बलमा सर्वाधिक ४८ रन बनाए । हेनरिक क्लासेनले १६ बलमा ३६ रन बनाए । एडेन मार्करामले २२, मार्को जेन्सेनले १३ र वाशिङटन सुन्दरले १० रन बनाए । ह्यारी ब्रुक ९, राहुल त्रिपाठी ७ र अभिषेक शर्मा १ रन बनाएर आउट भए ।

अब्दुल समदबाट अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गर्ने अपेक्षा गरिएको थियो तर उनले १२ बलमा ९ रन मात्र बनाउन सके । मुम्बईका लागि जेसन बेहरेनडोर्फ, रिले मेरिडिथ र पियुष चावलाले २–२ विकेट लिए । अर्जुन तेन्दुलकर र क्यामरुन ग्रीनले एक–एक सफलता हात पारे ।

मुम्बईको कुरा गर्ने हो भने अष्ट्रेलियाका क्यामरुन ग्रीनले सर्वाधिक रन बनाए । ग्रीनले ४० बलमा अविजित ६४ रन खेले। उनलाई यस पटक मुम्बई इन्डियन्सले लिलामीमा १७.५० करोडमा किनेको थियो । ग्रीनले आईपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएर मुम्बई फ्रेन्चाइजीको निर्णय सही साबित गरे । उनले एक विकेट पनि लिए । खेलको प्लेयर अफ दि म्याच समेत चुनिए ।

इशान किशनले ३१ बलमा ३८ र तिलक वर्माले १७ बलमा ३७ रन बनाए । कप्तान रोहित शर्माले १८ बलमा २८ र टिम डेभिडले ११ बलमा १६ रनको योगदान दिए । सूर्यकुमार यादव ७ रन बनाएर आउट भए । सनराइजर्सका लागि मार्को जानसेनले सर्वाधिक २ विकेट लिए । भुवनेश्वर कुमार र टी नटराजनले एक–एक सफलता हात पारे ।

रोहित शर्माले आफ्नो छोटो इनिङ्समा उत्कृष्ट उपलब्धि हासिल गरेका छन् । उनले आईपीएलमा ६ हजार रन पुरा गरेका छन् । रोहितले आईपीएलका २३२ खेलमा ६ हजार १४ रन बनाएका छन् ।

रोहित शर्मा ६ हजारभन्दा बढी रन बनाउने चौथो खेलाडी बने । रोहित शर्मा विराट कोहली, शिखर धवन र डेभिड वार्नरको एलिट क्लबमा प्रवेश गरेका छन् । आईपीएलमा विराट कोहलीले सर्वाधिक रन बनाएका छन् । उनले २२८ खेलमा ६८४४ रन बनाएका छन् । शिखर धवनले २१० खेलमा ६४७७ रन बनाएका छन् भने डेभिड वार्नरले १६७ खेलमा ६१०९ रन बनाएका छन् ।

यो हारसँगै सनराइजर्सको जितको लय टुटिएको छ । पछिल्ला दुई खेलमा सफलता हात पारेपनि जितको ह्याट्रिक गर्न भने सकेन । यता, मुम्बईको भने यो लगातार तेस्रो जित हो ।

यो जितसँगै मुम्बईको टोलीले २ अंक जोडेको छ । उसको अहिले पाँच खेलबाट ६ अंक छ । रोहित शर्माको टोली छैटौं स्थानमा पुगेको छ । योसँगै हैदरावादको यो तेस्रो हार हो र अंक तालिकाको नवौं स्थानमा छ ।