४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

मुम्बईले हैदरावादलाई १४ रनले हरायो, रोहितको ६ हजार रन पूरा

मुम्बईले हैदरावादलाई १४ रनले हरायो, रोहितको ६ हजार रन पूरा
अ+ अ-

एजेन्सी । १६ औं सिजनको इन्डियन प्रिमियर लिग (आइपीएल)को २५ औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई उसैको घरेलु मैदानमा १४ रनले पराजित गरेको छ ।

मंगलबार राति सम्पन्न खेलमा सनराइजर्सका कप्तान एडेन मार्करामले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर १९२ रन बनाएको थियो । जवाफमा हैदरावादको टोली १९.५ ओभरमा १७८ रनमा अलआउट भयो ।

सनराइजर्स हैदरावादलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । मुम्बईका कप्तान रोहित शर्माले युवा अर्जुन तेन्दुलकरलाई बलिङ गर्न बोलाए । अर्जुनले कप्तानको विश्वासलाई सार्थक पार्दै चार रन मात्र दिए । उनको ओभरमा दुई विकेट पनि परे । दोस्रो बलमा अब्दुल समद रन आउट भए भने पाँचौं बलमा अर्जुन तेन्दुलकरले भुवनेश्वर कुमारलाई रोहित शर्माको हातमा क्याच आउट गराएर टोलीलाई महत्वपूर्ण जित दिलाए । उनले पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध डेब्यु गर्ने मौका पाएका थिए । त्यसपछि अर्जुनले दुई ओभरमा १७ रन दिएका थिए । उनी दुवै खेलमा आफ्नो बलिङबाट प्रभावित भएका छन् ।

सनराइजर्सका लागि पाँच ब्याट्सम्यानले मात्र दोहोरो अंक पार गर्न सके । मयंक अग्रवालले ४१ बलमा सर्वाधिक ४८ रन बनाए । हेनरिक क्लासेनले १६ बलमा ३६ रन बनाए । एडेन मार्करामले २२, मार्को जेन्सेनले १३ र वाशिङटन सुन्दरले १० रन बनाए । ह्यारी ब्रुक ९, राहुल त्रिपाठी ७ र अभिषेक शर्मा १ रन बनाएर आउट भए ।

अब्दुल समदबाट अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गर्ने अपेक्षा गरिएको थियो तर उनले १२ बलमा ९ रन मात्र बनाउन सके । मुम्बईका लागि जेसन बेहरेनडोर्फ, रिले मेरिडिथ र पियुष चावलाले २–२ विकेट लिए । अर्जुन तेन्दुलकर र क्यामरुन ग्रीनले एक–एक सफलता हात पारे ।

मुम्बईको कुरा गर्ने हो भने अष्ट्रेलियाका क्यामरुन ग्रीनले सर्वाधिक रन बनाए । ग्रीनले ४० बलमा अविजित ६४ रन खेले। उनलाई यस पटक मुम्बई इन्डियन्सले लिलामीमा १७.५० करोडमा किनेको थियो । ग्रीनले आईपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएर मुम्बई फ्रेन्चाइजीको निर्णय सही साबित गरे । उनले एक विकेट पनि लिए । खेलको प्लेयर अफ दि म्याच समेत चुनिए ।

इशान किशनले ३१ बलमा ३८ र तिलक वर्माले १७ बलमा ३७ रन बनाए । कप्तान रोहित शर्माले १८ बलमा २८ र टिम डेभिडले ११ बलमा १६ रनको योगदान दिए । सूर्यकुमार यादव ७ रन बनाएर आउट भए । सनराइजर्सका लागि मार्को जानसेनले सर्वाधिक २ विकेट लिए । भुवनेश्वर कुमार र टी नटराजनले एक–एक सफलता हात पारे ।

रोहित शर्माले आफ्नो छोटो इनिङ्समा उत्कृष्ट उपलब्धि हासिल गरेका छन् । उनले आईपीएलमा ६ हजार रन पुरा गरेका छन् । रोहितले आईपीएलका २३२ खेलमा ६ हजार १४ रन बनाएका छन् ।

रोहित शर्मा ६ हजारभन्दा बढी रन बनाउने चौथो खेलाडी बने । रोहित शर्मा विराट कोहली, शिखर धवन र डेभिड वार्नरको एलिट क्लबमा प्रवेश गरेका छन् । आईपीएलमा विराट कोहलीले सर्वाधिक रन बनाएका छन् । उनले २२८ खेलमा ६८४४ रन बनाएका छन् । शिखर धवनले २१० खेलमा ६४७७ रन बनाएका छन् भने डेभिड वार्नरले १६७ खेलमा ६१०९ रन बनाएका छन् ।

यो हारसँगै सनराइजर्सको जितको लय टुटिएको छ । पछिल्ला दुई खेलमा सफलता हात पारेपनि जितको ह्याट्रिक गर्न भने सकेन । यता, मुम्बईको भने यो लगातार तेस्रो जित हो ।

यो जितसँगै मुम्बईको टोलीले २ अंक जोडेको छ । उसको अहिले पाँच खेलबाट ६ अंक छ । रोहित शर्माको टोली छैटौं स्थानमा पुगेको छ । योसँगै हैदरावादको यो तेस्रो हार हो र अंक तालिकाको नवौं स्थानमा छ ।