• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

नापोलीलाई हराउँदै एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा



एजेन्सी । एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा नापोलीसँग १–१ को बराबरी खेलेपनि समग्रको नतिजामा २–१ को जित निकाल्दै मिलानले सेमिफाइनलमा स्थान बनाएको हो ।

दुई इटालियन क्लबबीचको रोमाञ्चक खेलमा नापोलीको घरेलु मैदानमा सुरुवाती अग्रता भने एसी मिलानले बनाएको थियो । खेलको ४३ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए ।

खेल सकिनै लाग्दा ९०.६ मिनेटमा नापोलीका भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएपनि टोलीलाई अर्को चरणमा पुर्याउन सकेनन् । यसअिघ भएको खेलमा एसी मिलानले आफ्नो घरेलु मैदानमा १–० को नतिजा निकाल्दै एक गोलको एड्भान्टेज लिएको थियो ।