२१ असार २०८३, आईतवार
,
Latest
ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापोलीलाई हराउँदै एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा नापोलीसँग १–१ को बराबरी खेलेपनि समग्रको नतिजामा २–१ को जित निकाल्दै मिलानले सेमिफाइनलमा स्थान बनाएको हो ।

दुई इटालियन क्लबबीचको रोमाञ्चक खेलमा नापोलीको घरेलु मैदानमा सुरुवाती अग्रता भने एसी मिलानले बनाएको थियो । खेलको ४३ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए ।

खेल सकिनै लाग्दा ९०.६ मिनेटमा नापोलीका भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएपनि टोलीलाई अर्को चरणमा पुर्याउन सकेनन् । यसअिघ भएको खेलमा एसी मिलानले आफ्नो घरेलु मैदानमा १–० को नतिजा निकाल्दै एक गोलको एड्भान्टेज लिएको थियो ।