पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । आज प्रदेश सभामा उनले विश्वासको मत मागेका थिए । उनको पक्षमा ३१ , विपक्षमा २७ र तटस्थमा २ मत परेको थियो । उनी जेठ २९ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
पोखरेलको पक्षका नेपाली काग्रेस , माओवादी केन्द्र , जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु रहेका थिए भने बिपक्षमा नेकपा एमालेका सांसदहरु रहेका थिए ।
नेपालको संविधान धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही अनुसार उनले आज विश्वासको मत मागेका हुन् ।