२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट संचालनमा

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट संचालनमा
अ अ+ अ-

काठमाडौं । लगातार वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको र आउनसक्ने बाढीपहिरोमा परी घाइते हुनेहरुको उपचारका लागि नर्भिक अस्पतालले अलग्गै युनिट संचालनमा ल्याएको छ । बाढीपहिरो पीडितहरुको सहज, सरल र प्राथमिकताका साथ उपचार होस् भन्ने हेतूले अस्पतालले अलग्गै युनिट नै तयार गरी संचालनमा ल्याएको हो । 

नर्भिक अस्पतालले बाढीपहिरोमा परी घाइते भएकाहरुका लागि संचालनमा ल्याएको युनिटमा डेडिकेटेड शैया, चिकित्सक तथा नर्सिङ स्टाफसहितको अलग्गै टिम नै तयार गरेको छ । यो टिमले अनवरत रुपमा बाढीपहिरोमा परी घाइते भएकाहरुको उपचार गर्ने भएको छ । 

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपका कारण हुनसक्ने मानवीय क्षतिलाई सकेसम्म कम गर्ने सरकारको उद्देश्यमा साथ दिंदै नर्भिकले डेडिकेटेड युनिट संचालनमा ल्याएको हो । 

‘यो युनिटमा बाढीपहिरोमा परी घाइते भएकाहरुको स्तरीय उपचार हुनेछ ।’ उहाँले भन्नुभयो –‘बाढीपहिरोमा परी घाइते भएकाहरुले अकालमा ज्यान गुमाउन नपरोस् भनेर समेत हामीले यो अवधारणाबाट काम थालेका हो।’ 

कोभिड १९ को दोश्रो लहरका कारण बन्द भएको नर्भिकको ओपिडी सेवा आइतबारदेखि संचालनमा आइसकेको छ । यस्तै, अपरेसन थिएटर समेत पूर्ण क्षमतामा संचालनमा आइसकेको छ ।