२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनिमल’को छायांकन लण्डनमा सम्पन्न



अ+ अ-

एजेन्सी । रणवीर कपुर लामो समयदेखि आफ्नो आगामी फिल्म ‘एनिमल’को सुटिङमा व्यस्त थिए, जसको सुटिङ अहिले पूरा भएको छ । फिल्मको छायांकन लण्डनमा चलिरहेको थियो ।

यसैबीच, फिल्मको सेटबाट र्याप–अप पार्टीको भिडियो सार्वजनिक भएको छ, जसमा रणवीर बबी देओलसँग केक काटिरहेको देख्न सकिन्छ । भिडियोमा बबी र रणबीरसँगै एनिमलको सम्पूर्ण टोली सेलिब्रेशनको लागि एकसाथ आएका थिए ।

भिडियोमा दुवै कलाकार कालो पहिरनमा देखिएका छन् । रणवीर र बबी पहिलो पटक यो फिल्ममा सँगै देखिनेछन् । बबीले एनिमलका लागि ठूलो बडी बनाएका छन् । भिडियोमा दुबै जना निकै सुन्दर देखिएका छन् ।

एनिमल सन्दीप रेड्डी वांगाद्वारा निर्देशित एक ग्यांगस्टर ड्रामा फिल्म हो । यस फिल्ममा यी दुई कलाकारका अलावा रश्मिका मन्डना र अनिल कपूर पनि मुख्य भूमिकामा देखिनेछन् । रिपोर्टलाई विश्वास गर्ने हो भने यो फिल्म यसै वर्षको अगस्टमा रिलिज हुँदैछ ।