९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनिमल’को छायांकन लण्डनमा सम्पन्न



अ+ अ-

एजेन्सी । रणवीर कपुर लामो समयदेखि आफ्नो आगामी फिल्म ‘एनिमल’को सुटिङमा व्यस्त थिए, जसको सुटिङ अहिले पूरा भएको छ । फिल्मको छायांकन लण्डनमा चलिरहेको थियो ।

यसैबीच, फिल्मको सेटबाट र्याप–अप पार्टीको भिडियो सार्वजनिक भएको छ, जसमा रणवीर बबी देओलसँग केक काटिरहेको देख्न सकिन्छ । भिडियोमा बबी र रणबीरसँगै एनिमलको सम्पूर्ण टोली सेलिब्रेशनको लागि एकसाथ आएका थिए ।

भिडियोमा दुवै कलाकार कालो पहिरनमा देखिएका छन् । रणवीर र बबी पहिलो पटक यो फिल्ममा सँगै देखिनेछन् । बबीले एनिमलका लागि ठूलो बडी बनाएका छन् । भिडियोमा दुबै जना निकै सुन्दर देखिएका छन् ।

एनिमल सन्दीप रेड्डी वांगाद्वारा निर्देशित एक ग्यांगस्टर ड्रामा फिल्म हो । यस फिल्ममा यी दुई कलाकारका अलावा रश्मिका मन्डना र अनिल कपूर पनि मुख्य भूमिकामा देखिनेछन् । रिपोर्टलाई विश्वास गर्ने हो भने यो फिल्म यसै वर्षको अगस्टमा रिलिज हुँदैछ ।