२८ भाद्र २०८३, आईतवार
,
Latest
लिङदेनको दाबी : ‘जेन–जी’ विद्रोहपछि आशा होइन, अनिश्चितता बढ्यो बृहत् पुतली गणना अभियान सुरु-तस्बिरहरू एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव स्वयम्भूमा एक महिनाको मेला सम्पन्न जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्यान्डद्वारा नेपाल १६ रनले पराजित



अ+ अ-

काठमाडौँ । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १६ रनले पराजित गरेको छ । जितका लागि १२८ रन चाहिए पनि नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो ।  

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो । आयरल्यान्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी माइकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ तथा सिमी सिंहले १ रन जोडे । 

नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले सर्वाधिक ४ विकेट लिए । यस्तै अविनाश बोहराले दुई तथा सन्दीप लामिछाने, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए । 

जवाफी ब्याटिङ गर्ने क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै आशिफ शेखले २३, कुशल भुर्तेलले १५ र कमलसिंह ऐरीले १३ रन बनाए । बलिङतर्फ आयरल्यान्डका लागि मार्क आदिर, सिमी सिंह, एन्डी माइकब्राइन र ब्यारी जनले दुई दुई विकेट लिए ।  रासस