• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

कोरोना संक्रमणबाट आज एकैदिन दुई जनाको मृत्यु



काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको हो ।

यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३९७ सक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।