२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबरको शतकमा हङकङले सिंगापुरलाई ८ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत हङकङले विजयी सुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा मंगलबार दिउँसो सम्पन्न खेलमा हङकङले मलेसियालाई ८ विकेटले हराएको हो । हङकङका लागि बाबर हायातले शतकीय इनिङ्स खेले । ९४ बलमा १० चौका र ६ छक्कासहित उनी १०८ रनमा अविजित रहे । यस्तै, कप्तान निजाकात खानले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

सिंगापुरका रमेश कालिमुथु र अरित्र दत्तले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सिंगापुरले ४१.१ ओभरमा अलआउट हुँदै १७४ रन जोड्यो । सिंगापुरका लागि अरित्र दत्तले ४९, आर्यान मोदीले २१, रमेश कलिमुथुले १८, अभि दिक्षित र थिलिपन ओमाइदुराईले १२/१२ रन जोडे ।

हङकङका एहसान खानले ४ तथा यसिम मुर्ताजाले ३ विकेट लिँदा मोहमद घाजानफर, अइजज खान र आयुश शुक्लाले एक–एक विकेट लिए ।

एसियन क्रिकेट काउन्सिल ९एसीसी०को आयोजनामा भइरहेको प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहने छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् ।

फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।