२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २७६८ जनामा संक्रमण, ४४ को मृत्यु, ४०२० ले जिते कोरोना



अ+ अ-

काठडमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । 

यस्तै पछिल्लो २४ घण्टामा ४०२० संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४४  रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५६९ जनाको पिसिआर र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख १७ हजार ९४७ जनामा र एन्टिजेन परीक्षणबाट २४ हजार ८६१ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ५ लाख ४९ हजार ६८२ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ६४१ जनाको मृत्यु भएको छ ।