२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
सोचेअनुसारको काम गर्न सकेको छैनः मन्त्री गुरुङ संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै प्रकृतिका कार्यालय एकीकृत गर्न सांसदहरुको माग



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जिल्लामा एकै प्रकृतिका धेरै कार्यालय रहेको भन्दै त्यसलाई तत्काल एकीकृत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै सांसद श्यामकुमार घिमिरेले न्यून बजेट भएका आयोजनामा परामर्शदाताको खर्च बढी भएकाले आगामी आर्थिक वर्षको बजेटमा त्यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारी राजश्वको प्रमुख स्रोतका रुपमा रहेको सवारी साधनको आयात भए पनि त्यसलाई रोकिँदा समस्या परेकाले त्यसलाई सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने केही विषयलाई सुत्रवद्ध रुपमा राख्दै सांसद घिमिरेले जग्गा प्राप्ति ऐनलाई समयानकूल बनाइ सार्वजनिक हितका लागि प्रयोग गर्ने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले आत्मनिर्भर हुन लागेको उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्न सरकारले थप सहजीकरण गर्न आग्रह गर्नुभयो ।

सांसद भीमप्रसाद आचार्यले सरकारले हालसम्म पूर्णता नपाएको भन्दै विकास निर्माणको काम कहिले अगाडि बढ्ने हो भन्दै प्रश्न गर्नुभयो । परिवर्तनलाई कोही उल्ट्याउन नसक्ने तर्क गर्दै उहाँले किसान, मजदुर, श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानकषृण गराउनुभयो ।

सांसद हितबहादुर तामाङले काठमाडौँ महानगरपालिकाका प्रमुखले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा नगरेका कारण समस्या खडा भएको उल्लेख गर्दै काठमाडौँका नदी किनारमा रहेका अव्यवस्थित बसोबासी हटाउने भनेर गरिएको सूचना र प्रयास नै संविधान विपरीत रहेको बताउनुभयो ।

सिंहदरबार र अति विशिष्ट कार्यालयको फोहरमैला उठाउदिन भनेर काठमाडौँका प्रमुखले गलत गतिविधि गरेको उहाँको भनाइ छ । तीन वर्षका लागि भनेर फोहर व्यवस्थापन गर्न थालिएको सिसडोलमा १६ वर्षसम्म फोहर फालिएको र अघिल्लो वर्षदेखि मात्रै बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिए पनि स्थानीयको माग सम्बोधन नभएकोमा आपत्ति प्रकट गर्नुभयो ।

बञ्चरेडाँडामा वैज्ञानिक तवरले फोहर व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै सांसद तामाङले काठमाडौँ महानगरपालिकाले संविधान मिच्ने र कानुन मान्दिन भन्न नपाउने बताउनुभयो । उहाँले फोहर व्यवस्थापनसम्बन्धी अध्ययन गर्न विशेष समिति गठन गर्न माग गर्नुभयो ।

सांसद निशा डाँगीले काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा परेको भन्दै वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कमद चाल्न सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले नेपालमा उत्पादित सामग्रीलाई सहजरुपमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद ज्ञानबहादुर शाहीले आफूले पाउने तलब सुविधाबाट रु तीन हजार बराबरको रकम खेलाडीलाई प्रदान गर्ने घोषणा गर्नुभयो । सांसद रञ्जुकुमारी झाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सांसदहरुको कुनै पनि भूमिका नभएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले विगतमा दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालय पुगेकाले त्यसलाई प्रमाणित गर्न आग्रह गर्नुभयो ।

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण राजमार्गका रुपमा रहेको सेती राजमार्ग निर्माण सुरु भएको १३ वर्ष पूरा भए पनि ट्र्याक पूरा नभएकाले सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद अनिता देवीले नागरिकता नभएकाले तराई–मधेशका नागरिकले समस्या भोग्नुपरेको भन्दै एक नागरिकताविहीन नागरिकले पठाएको सन्देश सदनलाई सुनाउनुभयो ।

सांसदहरु अरुणकुमार चौधरी, अमरेशकुमार सिंह, सीताकुमारी राना, एकनाथ ढकाल, रमा कोइराला पौडेल, वासुदेव घिमिरे, सम्झना थपलियालगायतले मुलुकको समसामयिक राजनीतिक विषयका अलावा स्थानीय समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराउनुभयो ।