२२ असार २०८३, सोमबार
,
Latest
नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुंगा, गिटी बालुवा निकासी गर्न सर्वोच्चबाट रोक



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले  सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था गरेको भनिएको ढुंगा, गिटी बालुवा निकासी गर्ने  कार्य कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

 प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले आर्थिक बर्ष २०७८–७९ को बजेट वक्तव्यमा उल्लेख भएको  बुँदा नम्बर १९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

बरिष्ठअधिबक्ता दिनेश त्रिपाठी, अधिबक्ता मोहना अन्सारी र अधिबक्ता शैलेन्द्र अम्बेडकर समेतले गरी बजेट भाषणको १९९ नम्बरं बुँदा उत्प्रेषणको आदेशले बदर गरी पाउँ भन्दै रिट दायर गर्नुभएको थियो ।

दायर गरिएको ७ वटै रिटमा संबैधानिक इजलासबाट बजेट भाषणको बुँदा नं १९९मा "वातावरणीय प्रभाव मुल्यांकनको आधारमा  खानी जन्य ढुंगा गिट्टी बालुवा निकासी गरी ब्यापारघाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानी जन्य निर्माण सामग्रीको परिवहनका लागी उधोग देखी निकासी बिन्दु सम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था मिलाएको छु "भन्ने बुँदा कार्यन्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी भएको छ  ।




भर्खरै