• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

विश्वकै खतरनाक टापुहरुः कुनै सर्पले भरिएको, कुनैमा जानै नसकिने



एजेन्सी । संसारमा धेरै टापुहरू छन् जसको सुन्दरता बयान गरेर नसकिने छ । टापुहरूले पर्यटकहरूलाई आकर्षित गर्छन् । यहाँ मानिसहरु प्रायः प्रकृतिको सुन्दरता हेर्न आउने गर्दछन् । तर संसारमा केही यस्ता ठाउँहरू छन् जुन निकै खतरनाक छन् । आज हामी तपाईलाई केही खतरनाक टापुको बारेमा बताउनेछौं, जहाँ जानु भनेको ज्यानलाई खतरामा पार्नु जस्तै हो ।

इल्हा दा क्विमाडा टापु, ब्राजिल


ब्राजिलमा रहेको यो टापु निकै खतरनाक मानिन्छ । क्विमाडाको अर्को नाम स्नेक आइल्याण्ड हो । यसको नामले नै यो कति खतरनाक छ भन्ने संकेत गर्छ । ब्राजिलको यस टापुमा हजारौं ‘गोल्डेन लान्सहेड भाइपर’हरू बस्छन् । यो खतरनाक सर्प विश्वको सबैभन्दा विषालु प्रजातिको हो । यसबाट निस्किने विषले मात्रै पनि मानिसको मासु पग्लन थाल्छ । जो कोहीले यस टापुको भ्रमण गर्ने प्रयास गरेको छ भने कहिल्यै जीवित फर्केर आएको छैन । ब्राजिलको नौसेनाले यस टापुमा जान प्रतिबन्ध लगाएको छ ।

साबा आइल्याण्ड, नेदरल्याण्ड


नेदरल्याण्डमा रहेको साबा टापुमा संसारमा सबैभन्दा धेरै आँधी आउँछ । यी खतरनाक आँधीका कारण धेरै जहाजहरू टापु वरपर डुबेका छन् । १३ किलोमिटरमा फैलिएको यस टापुको सौन्दर्य हेर्न यहाँ सयौं मानिस आउँछन् । हाल यस टापुमा करिब दुई हजार मानिस बसोबास गर्छन् । संसारको सबैभन्दा खतरनाक टापु मध्ये यो एक हो ।

लुजोन द्वीप, फिलिपिन्स


सक्रिय ज्वालामुखी ‘ताल ज्वालामुखी’का कारण यो टापु खतरनाक मानिन्छ । यहाँ ज्वालामुखीय ताल छ । यसलाई हेर्न संसारभरका मानिसहरू आउँछन् । यद्यपि यहाँ आउने पर्यटकलाई ज्वालामुखी कहिले फुट्छ कसैलाई थाहा हुँदैन भनेर पहिल्यै सचेत गराइन्छ ।

पोभेजिला आइल्याण्ड, इटाली


इटालीमा रहेको यो टापुलाई ‘आइल्याण्ड अफ डेथ’ पनि भनिन्छ । यो टापुमा जाने मानिस कहिल्यै फर्केर आउँदैन भन्ने विश्वास छ । सयौं वर्षअघि करिब एक लाख ६० हजार बिरामीलाई यहाँ जिउँदै जलाइएको बताइन्छ । यसलाई भूत आइल्याण्ड पनि भनिन्छ ।

रियुनियन द्वीप, अफ्रिका


यो टापु अफ्रिकाको लोकप्रिय पर्यटक गन्तव्यमा समावेश छ, तर यो ठाउँमा जान निकै खतरनाक छ । यहाँ खतरनाक शार्कहरू छन् जसले कसैलाई क्षणभरमा मार्न सक्छ । सुरक्षाको दृष्टिले यस टापुको आधाभन्दा बढी समुद्र तटमा पौडी खेल्न निषेध गरिएको छ ।

उत्तर सेन्टिनेल द्वीप, भारत


अंडमान टापुमा अवस्थित नर्थ सेन्टिनेल आइल्याण्ड निकै सुन्दर छ तर यो निकै खतरनाक पनि छ । यहाँ बस्ने जनजातिहरु मानिसका लागि सबैभन्दा ठूलो खतरा हो । यी जनजातिहरूले कुनै पनि बाहिरीलाई टापुमा आउन अनुमति दिँदैनन् ।