• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

कुशल मल्लको अर्धशतक



कुशल मल्ल (फाइल)

काठमााडौँ । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन् । उनले २८ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

उनीसँगै क्रिजमा रहेका भीम सार्कीले पनि अर्धशतक बनाएका छन् । उनले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको २३६ रनको लक्ष्य पछ्याएको नेपालले तीन विकेट गुमाईसकेको छ ।

ताजा अवस्थामा नेपालले ३३ ओभरमा ३ विकेटको क्षतिमा २११ रन बनाएको छ ।