• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती ★   सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत फेला ★   तीन महिनामा मरे तीन पाटेबाघ ★   सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा ★   किसानलाई वरदान बन्यो झोलुङ्गे पुल ★   आशा छ धोनीले अर्को सिजन पनि खेल्नेछन्: सीएसकेका सीईओ विश्वनाथन ★   जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद: हिमाल भएका देशका समस्याबारे समान धारणा बनाउन सफल ★   निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

सिंहदरबारको फोहोर सहरी विकास मन्त्रालयले आफैँ उठाउन थाल्यो



काठमाडौँ । सहरी विकास मन्त्रालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी सिंहदरबारको फोहोर उठाउन थालेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनको वैकल्पिक उपायको खोजीमा परिवर्तन सेवा प्रािलसँग सम्झौता गरेको हो ।

महानगरप्रमुख साहले फोहोर नउठाउने घोषणा गरेसँगै महानगरपालिकाले सिंहदरबार क्षेत्रको फोहोर नउठाएपछि त्यसयता सिंहदरबारको फोहोर परिवर्तन सेवा प्रालिले उठाइरहेको छ ।

सहरी विकासमन्त्री सीता गुरुङले समस्या समाधान नभएसम्मका लागि वैकल्पिक उपायबाट फोहोर व्यवस्थापन गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई निर्देशन दिनुभएको थियो ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “काठमाडौं महानगरपालिकाले संवैधानिक एवम् कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध सिर्जना गरेको अवस्थामा सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरुको निवास रहेको स्थानबाट फोहोरमैला उठाइ व्यवस्थापन गर्ने कामका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी व्यवस्थापन गरिरहेको छ ।”