२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दमन’विरुद्ध थप आन्दोलन गर्ने मिटरब्याज पीडितको घोषणा गर्ने



अ+ अ-

काठमाडौँ। राज्यले नै आफूहरूको आन्दोलन भड्काउने र उत्तेजित पार्ने काम गरेको आरोप मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिले लगाएको छ ।

सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको आरोप लगाउनुभएको छ । साथै उहाँले महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेकोसमेत बताउनुभएको छ ।

उहाँका अनुसार पीडितले सहयोगी तथा शुभचिन्तकबाट सहयोग जुटाएर जम्मा गरेको अनाज, ग्यास, ग्यास चुलो, स्पिकर र भाँडाकुँडासमेत प्रहरीले लुटेको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस्तो राज्य प्रायोजित आतङ्क र दमनको हामी घोर भर्त्सना गर्दछौँ ।” संघर्ष समितिका अध्यक्ष कुशवाहाले गृहमन्त्री नै आफूहरूको आन्दोलन दबाउन उद्यत रहेको आरोप लगाउँदै सङ्घर्ष समितिले चाँडै प्रतिवादमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभएको छ ।

उहाँले सोमबार शान्ति वाटिकाबाट सिंहदरबारसम्म आफूहरूको शान्तिपूर्ण जुलुस जाने कार्यक्रम रहेकोमा बिहानैदेखि प्रहरीले शान्तिवाटिका क्षेत्र पूर्णरुपमा नियन्त्रणमा लिँदै पीडितहरुलाई आवतजावतमै निषेध र धरपकड गरिएको बताउनुभयो ।