२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का महासचिव  ईश्वर पोखरेलले आज काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गर्नुभएको छ । 

काठमाडौं निर्वाचन क्षेत्र नं ५  बाट  यसअघि निर्वाचित पोखरेलले सो नगरपालिकाको वडा नं ६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नं ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलानलगायत विकास योजनाको जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले स्थानीयवासीसँग अन्तरक्रिया गर्नुभएको थियो । 

नेता पोखरेलले केही दिनअघि बूढानीलकण्ठ – ४ र ६ मा भइरहेका विभिन्न विकास योजनाको पनि निरीक्षण गर्नुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।