२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप आजदेखिः नेपालले मलेसियासँग खेल्दै



अ+ अ-

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आज मंगलबारदेखि नेपालमा सुरु हुँदैछ । आज उद्घाटनको दिन दुई खेल हुँदैछ । काठमाडौंको मुलपानी मैदान र टियु मैदानमा एक–एक खेल हुन लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुँदैछ । नेपालले घरेलु मैदानमा मलेसियासँग पहिलो पटक ५० ओभरको खेल खेल्न लागेको हो ।

यस्तै, मुलपानी मैदानमा हङकङ र सिंगापुरबीच खेल हुँदैछ । यो खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल रहेको छ । दुबै खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने उक्त प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहने छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी र कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने

वैकल्पिक खेलाडीः किशोर महतो, अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ