२२ असार २०८३, सोमबार
,
Latest
संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा दमौली अस्पताल सर्वोत्कृष्ट



अ+ अ-

तनहुँ । दमौली अस्पताल गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये सर्वोत्कृष्ट बन्न सफल भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङ्कनमा सो अस्पताल यस वर्ष प्रथम  भएको हो । 

मन्त्रालयले सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवाका आधार लगायत विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गर्ने गर्दछ । 

गतवर्ष सो अस्पतालले दोस्रो स्थान प्राप्त गरेको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालको विभिन्न मापदण्डका मूल्याङ्कनमा ६१ प्रतिशत अङ्क हासिल गरी प्रथम हुन  सफल भएको जानकारी दिनुभयो । “कोभिडका कारण अस्पतालका नियमित सेवाहरु अवरुद्ध हुँदा प्रतिशत घटेको हो,  अस्पतालको मात्र नभइ सबै जिल्ला अस्पतालका अङ्क घटेका छन्,” उहाँले भन्नुभयो । 

कोभिड सङ्क्रमितको उपचारका लागि अस्पतालमा प्रसूति सेवा स्थगित गरिएको छ । बहिरङ्ग कक्षलाई पनि कोरोना कक्ष बनाइएको छ ।  अस्पतालले जिल्लामै पहिलो पटक थाइराइड सेवा शुरुआत गरिसकेको छ । अस्पतालले भेन्टिलेटर सहितको सघन उपचार कक्ष  सहित  दाँत र आँखा सेवा पनि  सञ्चालनमा  ल्याएको छ । 

ट्रमा सेन्टर बनाइने

प्रदेश सरकारले अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । प्रदेश सरकारद्वारा हालै जारी नयाँ बजेटमा जिल्ला अस्पताललाई ट्रमाका रुपमा स्तरोन्नति गर्ने उल्लेख छ ।  

साथै अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने तयारी गरिँदै छ । यसका लागि विसं २०६२ मा नै अनुमति प्राप्त गरेको जनाइएको छ । विसं २०३४ स्वास्थ्यचौकी, विसं २०५५  प्राथमिक स्वास्थ्य केन्द्र र  विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो ।




भर्खरै