८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 3.09

Humidity: 42

Latest
तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एक पक्राउ नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनु हुँदैन भन्नेमा छौँः सभापति खतिवडा सुशासन र विकास सरकारको मुख्य प्राथमिकता छः प्रधानमन्त्री विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा काँग्रेस सांसद थानीको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक खेलमा चेन्नईले बैंगलोरलाई ८ रनले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्स (सीएसके)ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ८ रनले पराजित गरेको छ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा सोमबार साँझ टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएको थियो । जवाफमा बैंगलोरले ८ विकेट गुमाएर २१८ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका मथिशा पथिरानाले अन्तिम ओभरमा १९ रन बचाए । उनले ओभरमा १० रन मात्र दिए र एक विकेट पनि लिए । चेन्नईतर्फ डेभोन कोनवेले ८३ र शिवम दुबेले ५२ रन बनाए । त्यस्तै बेङ्लोरका ग्लेन म्याक्सवेलले ७६ र फाफ डु प्लेसिसले ६२ रन बनाए ।

डेभोन कोनवेले ८३ रनको इनिङ खेले । उनले पहिले अजिंक्य रहाणेसँग ७४ रनको साझेदारी गरे र त्यसपछि शिवम दुबेसँग ८० रनको साझेदारी गरे । उक्त साझेदारीको आधारमा चेन्नईले २० ओभरमा २२६ रन बनाएको थियो । ओपनर कोनवेले ४५ बलमा ८३ रन जोड्दा ६ चौका र ६ छक्का समावेश थियो ।

यस्तै, शिवम दुबेले २७ बलमा ५२ रन बनाउँदा उनले २ चौका र ५ छक्का प्रहार गरे । यी दुई बाहेक अजिंक्य रहाणेले २० बलमा ३७ रन बनाए । अम्बाती रायुडुले ६ बलमा १४ रन जोड्दा ऋतुराज गायकवाडले ३ रन मात्र बनाउन सके । मोइन अली ९ बलमा १९ रनका साथ अविजित रहे । कप्तान महेन्द्र सिंह धोनी १ बलमा १ रनका साथ अविजित रहे ।

बैंगलोरका लागि वायन पारनेल, विजयकुमार, मोहम्मद सिराज, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।

२२७ रनको लक्ष्य पछ्याएको बैंगलोरले सुरुवाती ओभरमै २ विकेट गुमाएको थियो । त्यसपछि ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसले ६१ बलमा १२१ रनको साझेदारी गरे । म्याक्सवेल १३ औं ओभरमा ७६ र डु प्लेसिस १४ औं ओभरमा ६२ रन बनाएर आउट भए ।

दुवै आउट भएपछि आरसीबीका बाँकी ब्याट्सम्यानले ३६ बलमा ६७ रन बनाउन सकेनन् । बैंगलोरले पहिलो दुई ओभरमा विराट कोहली र महिपाल लोमरको विकेट गुमाएको थियो । त्यसपछि ग्लेन म्याक्सवेलले फाफ डु प्लेसिसको साथमा ४ ओभरमा ६० रन दिए । टोलीले ६ ओभरमा २ विकेट गुमाएर ७५ रन बनाएको थियो । ग्लेन म्याक्सवेल ३६ बलमा ७६ रन बनाएर आउट भए । महिष तीक्षणाले उनलाई पेभिलियन पठाए । म्याक्सवेलले आउट हुनुअघि डु प्लेसिससँग ६१ बलमा १२६ रन जोडे ।

म्याक्सवेल र डु प्लेसिसले आफ्नो टोलीलाई झण्डै जित दिलाएका थिए । तर दुवै आउट भएपछि टोलीले ७ ओभरमा ८४ रन बनाउन सकेन । टिमका बाँकी ब्याट्सम्यानमा शाहबाज अहमदले १२, दिनेश कार्तिकले २८, सुयश प्रभुदेसाईले १९ र वेन पर्नेलले २ रन बनाए । भानिन्दु हसरंगा २ रनमा अविजित रहे ।

चेन्नईका तुषार देशपाण्डेले ३ र मथिशा पथिरानाले २ विकेट लिए । यस्तै, आकाश सिंह, महिश तिक्षना र मोइन अलीले १–१ विकेट लिए ।

आजको खेलः सनराइजर्स हैदरावाद भर्सेस मुम्बई इन्डियन्स, साँझ ७ः४५ बजे