९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडौँ । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन (भ्रष्टाचार) मुद्दामा विशेष अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो । सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

खड्काविरुद्ध २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १८ करोड ६६ लाख गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । खड्कालाई २०७१ साल माघमा मन्त्रिपरिषद्ले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

धेरै विवादमा मुछिएपछि सरकारले २०७४ असोजमा विभिन्न संसदीय समितिको सिफारिसबमोजिम उहाँलाई पदच्युत गरेको थियो ।

अख्तियारका अनुसार खड्काले श्रीमती शर्मिला खड्का र अन्य व्यक्तिका नाममा समेत चलअचल सम्पत्ति लुकाइराखेको बताएको थियो । सोही आरोपमा उसले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यद्यपि सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि खड्का उपस्थित नभएपछि विशेष अदालतले सोमबार उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले निगम सुधारको प्रयास थालेका चण्डिका भट्टलाई हटाएर अवकाशप्राप्त इन्जिनियर (उपसचिव) खड्कालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । डिभिजन सडक कार्यालय काठमाडौँमा कार्यरत रहँदा विभिन्न अनियमिततामा मुछिएका खड्का राजीनामा दिएको केही दिनमै निगमका कार्यकारी प्रमुख बन्नुभएको थियो ।