२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली

राष्ट्रपतिबाट मनसुनजन्य विपद न्यूनीकरण तथा प्रतिकार्यबारे जानकारी हासिल

राष्ट्रपतिबाट मनसुनजन्य विपद न्यूनीकरण तथा प्रतिकार्यबारे जानकारी हासिल
अ अ+ अ-

काठमाडौं ।  राष्ट्रपति  विद्यादेवी भण्डारीले मनसुनको शुरुवातसँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् प्रतिकार्यबारे गृह मन्त्रालय‚ राष्ट्रिय विपद्न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखहरूबाट जानकारी लिनुभएको छ ।

गृहमन्त्री  खगराज अधिकारी‚ गृह सचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रपति समक्ष मनसुनजन्य विपद्का कारण भएको भौतिक तथा मानवीय क्षति‚ प्रभावितहरूको खोजी तथा उद्धार एवं सरकारद्वारा सञ्चालन गरिएका राहत एवं पुनर्स्थापनाका कामहरूको बारेमा जानकारी गराउनु भएको थियो ।

राष्ट्रपति समक्ष प्राकृतिक विपद् न्यूनीकरणसम्बन्धी विविध पक्षहरू जानकारी गराइएको उक्त कार्यक्रममा प्रधानसेनापति  पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा प्रहरी महानिरीक्षक शैलेश थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रपतिज्यू बाढी‚ पहिरो र डुबानबाट प्रभावितहरूको खोजी तथा उद्धारमा संलग्न सुरक्षाकर्मीहरूको सराहना गर्नुहुँदै विपद्को समयमा गरिने खोजी तथा उद्धार‚ विपद्पश्‍चात् गरिने राहत‚ पुनर्स्थापना र पुनर्निर्माणका कामहरूको साथसाथै विपद्‍ जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा समेत सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने बताउनु भयो । साथै राष्ट्रपतिले विकासका लागि भौतिक संरचनाहरू निर्माण गर्दा भूकम्प‚ बाढी‚पहिरो‚ चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमहरूलाई समेत ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

यस सन्दर्भमा गृह मन्त्रालयले सम्बन्धित अन्य मन्त्रालय र निकायहरूसँग समेत समन्वय गरी कार्य गर्न उहाँले सुझाव दिनुभयो । विपदको समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाईमा परेका नागरिकका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु सरकारको पहिलो कर्तव्य रहेको पनि राष्ट्रपतिले उल्लेख गर्नुभयो ।

प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयद्वारा विपद् बीमा लागू गर्ने निर्णय लिइएको, नेपाली सेनाको नेतृत्वमा द्रूत हवाई उद्धार भैरहेको, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितका निकायको समन्वयमा राहत र उद्धारका कार्यहरू सबै प्रदेशमा सञ्चालन गरिएको राष्ट्रपति लाई जानकारी  गराइएको थियो ।