२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली

के नेमारले पेलेको रेकर्ड तोड्न सक्लान् ?

के नेमारले पेलेको रेकर्ड तोड्न सक्लान् ?
अ अ+ अ-

ब्राजिलका नाम चलेका फरवार्ड नेमारको ध्यान अहिले पेलेको एउटा रेकर्ड तोड्ने धुनमा केन्द्रित देखिन्छ । विश्वकै धुरन्धर फुटबल खेलाडी पेलेको रेकर्ड पनि तोड्न सकिएला र ?

तर पेलेले बनाएको रेकर्ड पनि नेमारले तोड्न सक्ने अवस्था सिर्जना हुँदैछ । पेलेले तीन पटक ब्राजिलको टिमलाई विश्वकप जिताएका थिए । तर नेमारले यो रेकर्ड तोड्ने सम्भावना लगभग समाप्त भइसकेको छ ।

त्यसो भए अर्को कुन बिधा होला ? हो, अहिले निकै फर्ममा देखिएका नेमारले पेलेले बनाएको सर्वाधिक गोलकर्ताको उपाधि खोस्ने सम्भावना बढेको छ । हाल जारी कोपा अमेरिकाको खेलहरुमा निकै फर्ममा देखिएका नेमारले फटाफट गोल गरिरहेकाले अब ब्राजिलका लागि सर्वाधिक गोलकर्ताको उपाधि उनको पोल्टामा आउँदैछ ।

फुटबल पण्डितहरुका भनाईमा नेमारले राष्ट्रिय फुटबल टिमका लागि गरेको गोलसंख्या पेलेले गरेका गोलसँख्या नजिक पुगिसकेकाले अब नेमारले त्यो अवसर प्राप्त गर्दैछन् ।

फिफाको आधिकारिक रेकर्डमा ब्राजिलको राष्ट्रिय टिमका लागि पेलेले ७७ गोल गरेको देखिन्छ । उनी हालसम्म देशका लागि सर्वाधिक गोल गर्ने पहिलो नम्बरका खेलाडी हुन् । नेमारले अहिलेसम्म ६८ गोल गरेका छन् अर्थात् अब पेलेको बराबरी गर्न उनले ९ गोल गर्न मात्र बाँकी छ ।

रियो दी जेनेरोको निल्टोन सान्तोस रंगशालामा पेरु बिरुद्ध ४–० गोल अन्तरले खेल जितेपछि भावपूर्ण शैलीमा नेमारले भने, “यो साँच्चिकै मेरा लागि गर्वको दिन हुनेछ, ब्राजिलको एउटा इतिहासको हिस्सा हुनु ठूलो कुरा हो । इमान्दारीपूर्वक भन्नुपर्दा, मेरो सपना नै ब्राजिलका लागि खेल्नु थियो, र यो टिसर्ट लगाउनु थियो । मैले कहिल्यै यो संख्या छुन सकौंला भन्ने सोचेकै थिइनँ ।”

उनले अगाडि भने, “यो निकै भावुक क्षण हो किनभने दुई वर्षको अवधिमा धेरै कुराबाट म गुज्रिएँ, कठिनाईको सामना गरें र निकै जटिल कुराहरु भोगें । ब्राजिलका लागि खेल्दा प्राप्त हुने आनन्दलाई अरु कुनै पनि कुरासँग दाँज्न सकिन्न ।”

नेमारले पटकपटक चोटग्रस्त हुनु परेको छ । सन् २०२० मा पेरिस सेन्ट–जर्मेनसँगको च्याम्पियन्स लिग खेल गुमाउनु परेको थियो । एउटा यौन आक्रमणको आरोप पनि खेप्नु परेको थियो जुन आखिर झुठो निस्कियो ।

उता, पेलेले पनि पहिलो पटक युवा अवस्थामा सान्तोसमा नेमारसँगको भेटको एउटा तस्वीर इन्स्टाग्राममा राखेका छन् ।

८० वर्षीय पेलेले भनेका छन्, “म, सबै ब्राजिलीहरु झैं, उनले बल खेलेको देख्दा सधैं आनन्दित हुन्छु । आज उनले सेलेकाओमा मेरो रेकर्ड छुन अर्को पाइला चालेका छन् । उनले त्यो रेकर्ड हासिल गरे मेरा लागि निकै खुशीको दिन हुनेछ, र पहिलो पटक उनले खेलेको देखेदेखि यताका समयमा मैले उनको खेलबाट आनन्द अनुभव गर्न पाइरहेको छु ।”

ब्राजिलका प्रशिक्षक टिटे आफ्ना सुपरस्टार खेलाडीका बारेमा तुलना गर्न चाहँदैनन्, तर उनी पनि २९ वर्षीय नेमार असाधारण खेलाडी रहेको स्वीकार्छन् ।

गत आइतबार भेनेजुएलामाथि ३–० गोल अन्तरले जितेपछि प्रशिक्षक टिटेले भनेका छन्, “उनीसँग साँच्चिकै भित्री प्रतिभा छ, उनले अरुलाई पनि सहयोग गर्ने सीप विकास गरेका छन् । उनका दायाँ खुट्टा, बायाँ खुट्टा दुबै अदभूत छन् । उनी अविश्सनीय छन् ।”

फिफाको मापदण्ड बमोजिम पेलेले ९२ खेल खेलेर आफ्नो रेकर्ड बनाएका छन् तर नेमारले १०७ खेल खेलिसकेका छन् ।

तर ब्राजिलको फुटबल संघले पेलेभन्दा नेमार अझै २७ गोलले पछि रहेको बताउँदै आएको छ । पेलेलाई ब्राजिलमा फुटबलका राजा भनेर चिनिन्छ । (AP)
–––