४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

वर्ष २०७९: अपेक्षा गरेका चलचित्र कति सफल ?

वर्ष २०७९: अपेक्षा गरेका चलचित्र कति सफल ?
अ+ अ-

काठमाडौँ । लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको सङ्ख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे । यद्यपि केही चलचित्रको हकमा भने टिकट बिक्री शून्य जस्तै भयो ।

गत वर्ष कुनै सिनेमाका लागि पाँच वटा मात्रै टिकट बिक्री भए भने राम्रो कमाएको भनिएको चलचित्रको हकमा साढे सात लाखभन्दा बढी टिकट बिक्री भए । वर्षको सुरुआत भने सुखद् रह्यो । वर्षको पहिलो दिन प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ले सिनेमा घरसम्म दर्शक तानेपछि अन्य चलचित्रकर्मीमा उत्साह भरियो र निर्माण सम्पन्न भइ तयारी अवस्थामा रहेका चलचित्र धमाधम प्रदर्शनमा आउन थाले ।

वर्ष २०७९ मा प्रदर्शनमा आएका केही चलचित्रले सीमक्षक र दर्शक दुबैबाट राम्रो प्रतिक्रिया पाए । केहीले एकबाट मात्रै राम्रो प्रतिक्रिया पाए भने केही चलचित्र कतै पनि चलेनन् । ती चलचित्र बन्न त बने तर दर्शकले नै थाहा पाएनन् । केही चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि व्यापारमा असफल भए भने व्यापार राम्रो गरेका केही चलचित्रले प्रतिक्रिया राम्रो पाएनन् ।

यसैमध्येको एक चलचित्र हो, ‘षडकोण’ । गत वैशाखमा रिलिज भएको यो चलचित्रबाट राम्रो व्यापार गर्न अपेक्षा गरिए पनि त्यसो हुन सकेन । कर्मा, भोलाराज सापकोटालगायत कलाकारले अभिनय गर्नुभएको यस चलचित्रले जम्मा पाँच सय ४८ टिकट बिक्री गर्न सक्यो ।

वैशाखमै प्रदर्शन भएको चलचित्र ‘लक्का जवान’ पनि असफल भयो । हास्य कलाकार एकबद्ध भई बनाएको यो चलचित्रको नौ हजार ८ सय ७५ टिकट बिक्री जम्मा रु २६ लाख १५ हजार एक सय ७६ ग्रस आम्दानी गर्‍यो । किरण केसी निर्माता रहनुभएको चलचित्रमार्फत शिवहरि पौडेल निर्देशक बन्नुभयो । हास्य कलाकारको समूह बन्ने र सफल हुने सिलसिलामा यसले भने सफलता पाएन ।

प्रदर्शन अगाडि चर्चामा रहेको चलचित्र हो, ‘चिसो मान्छे’ । तर चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतको अभिनय छ । विदेशबाट आएको श्रीमान्को शव बुझेर काठमाडौँबाट बाजुरासम्म यात्रा गर्ने कथा देखाइएको चलचित्रलाई दीपेन्द्र कुमार खनालले निर्देशन गर्नुभएको छ । कलाकार र निर्माण समूहको कारण चर्चामा रहेको चलचित्रले समीक्षकमार्फत मिश्रित प्रतिक्रिया पाएको थियो । तर अपेक्षितरुपमा दर्शक तान्न भने सकेन । चलचित्र हेर्नका लागि ३२ हजार ८७ टिकट बिक्री भएबापत रु ९६ लाख १७ हजार तीन सय १० मात्रै आम्दानी भयो ।

 

अभिनेता खगेन्द्र लामिछाने निर्देशक रहेको चलचित्र ‘पानीफोटो’उठान गरिएको विषयवस्तुका कारण प्रदर्शन अघि चर्चामा थियो । टलकजङ्ग भर्सेस टुल्के, पशुपतिप्रसाद जस्ता चलचित्रका अभिनेता लामिछानेले निर्देशक बनेर माओवादी द्वन्द्वको समयमा बेपत्ता भएको छोराको पर्खाइँमा बसेको बा–आमाको कथालाई पर्दामा ल्याउनु भएको छ ।

गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरुपण गरिएको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना जस्ता रङ्गमञ्चमा माझिएका कलाकार हुनुहुन्छ । यद्यपि यसको व्यापार न्यून भयो । चलचित्रको आठ हजार तीन सय ३१ टिकट बिक्री भएबापत रु २४ लाख ८२ हजार छ सय १२ को व्यापार भयो ।

अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ले पनि व्यावसायिक रुपमा सफलता पाएन । चलचित्रले ५७ हजार ३९ टिकट बिक्री भएबापत रु एक करोड ५७ लाख आठ हजार ६ सय ८८ को व्यापार गर्‍यो ।

दिनेश राउतले निर्देशन गर्नुभएको चलचित्र ‘ऐना झ्यालको पुतली’लाई समीक्षकले राम्रो समीक्षा दिए । नेपालबाट अस्कर अवार्डका लागि यसलाई पठाइयो । सुजित विडारीको निर्देशन रहेको चलचित्र विश्वका कयौँ चलचित्र महोत्सवमा सहभागी र पुरस्कृतसमेत भयो । यद्यपि यसको व्यापार घरेलु बजारमा राम्रो भएन । चलचित्रको २० हजार छ सय २९ वटा टिकट बिक्रीबाट रु ६३ लाख १६ हजार एक सय ५ को ग्रस कलेन्सन गर्‍यो ।

हास्य विधाका चलचित्र दर्शकको प्राथमिकता परिरहँदा ‘छक्का पञ्जा’ समूहबाट अलग भएर अभिनेता जीतु नेपालले अभिनय गर्नुभएको चलचित्र ‘ह्यारी कि प्यारी’ ले पनि राम्रो आम्दानी गर्न सकेन । साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल लगायतका कलाकारले अभिनय गर्नुभएको चलचित्रको २७ हजार ८१ टिकट मात्र बिक्री भएवापत रु ७४ लाख १६ हजार दुई सय ६९ मात्रै आम्दानी भयो ।

नेपालमा सर्वाधिक महँगो अभिनेता भनेर चिनिने अनमोल केसी गएको वर्ष असफल हुनुभयो । उहाँ अभिनित ‘ए मेरो हजुर ४’ बक्सअफिसमा केही बलियो देखिए तापनि समीक्षकले मन पराएनन् । अभिनेता केसीको अभिनयको चर्चा भएन । साथै केसी अभिनित चलचित्र ‘२.० छड्के’ भने दुवै पक्षमा असफल भयो । यसको बक्सअफिस व्यापार न्यून रह्यो । केसीका लागि यो विर्सनलायक चलचित्र बन्यो । चलचित्रको नौ हजार ५ सय ९९ टिकट बिक्री भएबापत रु सत्ताइस लाख ६६ हजार छ सय ३३ व्यापार गरेको छ ।

समग्रमा यसवर्ष शृङ्ख लाका रुपमा आएका चलचित्रले भने राम्रो व्यापार गरेका छन् । रासस