२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
सोचेअनुसारको काम गर्न सकेको छैनः मन्त्री गुरुङ संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार संसदमा संघीय निजामती सेवा ऐन पेश गर्ने तयारीमा छ: रेखा शर्मा



अ+ अ-

काठमाडौँ । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताउनु भएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले सो कुरा बताउनु भएको हो ।

उहाँले सरकारले पनि सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको जानकारी गराउनु भयो । मन्त्री शर्माले कर्मचारीहरुको सरुवालाई व्यवस्थित बनाउने गरी सो ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरुलाई आग्रह गर्नु भयो । उहाँले कर्मचारीको सरुवाको विषय व्यवस्थित नभएको स्विकार गर्दै अव बन्ने संघीय निजामती सेवा ऐनले त्यसलाई व्यवस्थित बनाउने विश्वास समेत व्यक्त गर्नु भयो ।

मन्त्री शर्माले भन्नु भयो, ‘संघीय निजामती सेवा ऐन सरकारवालाहरुसँग छलफल भएर अहिले कानुन मन्त्रालयमा छलफलका लागि पुगेको छ । यो ऐनको बारेमा जुन माननीयजीहरुले कुरा उठाउनु भएको छ । त्यो चाँही सरकारको पनि अत्यन्तै ठूलो प्राथमिकताको विषय हो । र, सरकारले अत्यन्तै प्राथमिकतामा राखेर अन्तिम चरणमा पुर्‍याएको छ । माननीयजीहरुको बीचमा भन्दा अहिले यो कानुन मन्त्रालयका पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट त्यहाँ पुगेको हो । र, कानुन मन्त्रालयमा यो अन्तिम चरणमा छ ।’

‘यसलाई क्याविनेटमा आएर हामी छिटो भन्दा छिटो यो ऐनलाई संसदमा प्रस्तुत गर्ने तयारीमा छौं हामी । र, कर्मचारीको छिटो छिटो सरुवा भन्ने कुरा पनि यहाँ उठेको छ । यस्तो भएको छ । विगतदेखि कर्मचारीहरुको सरुवा ठिक ढंगले हुन नसक्दा यी विषय संघीय निजामती सेवा ऐनमा आउनुपर्ने विषय हो । हामीले सो ऐन पास गर्दैगर्दाखेरीमा कर्मचारीको सरुवालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो ऐन बनाउन सो विषयलाई यो सम्मानित सदनले विशेष ध्यान दिनेछ भन्ने कुरा पनि राख्न चाहन्छु ।’

मन्त्री शर्माले कर्मचारीहरुको समय तोकेर सुरुवाको मापदण्ड बनाउन सके उनीहरु छिटो छिटो सरुवा हुने समस्या समाधान हुने तर्क समेत गर्नु भयो ।