२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रियाशील वितरणमा धाँधली भएको भन्दै तालाबन्दी



अ+ अ-

बिराटनगर । नेपाली काँग्रेस मोरङमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कार्यकर्ताले पार्टीको ४ नम्बर क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । नेविसंघ नेता पास्चर घिमिरे र मिलन श्रेष्ठले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका हुन । 

नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिले वार्ड समितिले सिफरिस गरी पठाएका क्रियाशील सदस्यता पाउनै पर्ने केही व्यक्तिहरुको नाम क्षेत्रीय कार्यसमितिले तानाशाही ढंगबाट पाखा लगाएको श्रेष्ठ र घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले पार्टीभित्र मनोमानी गर्ने गिरोहलाई कारवाही गर्न माग गरेका छन् । नेतृत्वको यस्तो व्यवहारले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो कि हैन भन्ने प्रश्न खडा भएको घिमिरे र श्रेष्ठको आरोप छ ।

बिराटनगर वडा नम्बर ३ निवासी सक्रिय काँग्रेस कार्यकर्ताहरूको योगदानको मूल्यांकन गर्दै क्रियाशील सदस्यता दिइनुपर्ने उनीहरुको माग छ ।