२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबारदेखि एसीसी प्रिमियर कप: नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने स्वर्णिम अवसर



फाईल फोटो
अ+ अ-

काठमाडौं । भोलि वैशाख ५ गते मंगलबारबाट एसीसी प्रिमियर कप सुरु हुँदैछ । ओपनिङ खेलमा घरेलु टोली नेपाल र मलेसियाले खेल्दैछन् । १० टोली सहभागी प्रिमियर कपको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

विजेता टोलिले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । विश्व क्रिकेटका शक्तिशाली यी दुई देशसँग खेल्ने नेपालको ठूलो सपना रहँदै आएको छ । टियु र मुलपानी मैदानमा हुने यस प्रतियोगिता जित्न सके नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कपको विजेता हुनेछन् । बंगलादेश, अफगानिस्तान र श्रीलंका समूह ‘बी’ मा छन् । भारत र पाकिस्तानसँग खेल्न पाउनु मात्र पनि नेपालको लागि ठूलो कुरा हो ।

१० राष्ट्रको सहभागिता रहेको प्रिमियर कपका खेललाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । यस्तै, समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ ।

नेपाल, ओमान, युएई र हङकङ प्रिमियर कप उपाधिका दाबेदार टोली हुन् । यी चार मध्ये एकले एसिया कपमा स्थान बनाउने सम्भावना देखिएको छ । जसमा नेपाल र ओमान पहिलो पटक एसिया कप खेल्ने सोचमा रहेका छन् ।

मोन्टि देशाई मुख्य प्रशिक्षकको रुपमा नेपाल आएपछि नेपाली टोलीमा धेरै परिवर्तन भएको देख्न सकिन्छ । देशाई कै प्रशिक्षकमा नेपालले विश्वकप लिग–२मा पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो । त्यसैले नेपालको मनोबल र सम्भावना उच्च देखिएको छ । टियु मैदानमा भएको पछिल्ला ८ खेलमा नेपालले सबै खेलमा जित हात पारेको छ ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले प्रिमियर कप खेल्ने १४ सदस्सीय अन्तिम टोली घोषणा गरेको थियो। जसमा लिग–२ को अन्तिम सिरिज खेलेको टोलीमा कुनैपनि परिवर्तन गरेको छैन ।

लिग–२ मा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र भीम सार्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए। ज्ञानेन्द्र मल्लले लिग–२ मा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि उनी अनुभवी खेलाडी हुन्। स्पिनरमा सन्दीप लामिछाने र ललित नारायण राजवंशी रहेका छन् । यस्तै, तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, गुलशन झा र प्रतिश जि.सी छन् ।

एसिया कप एसियन टोलीहरुको लागि विश्वकपको तयारी प्रतियोगिता हो । आगमी अक्टोबर नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुनेछ । नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्नेछ । छनोटमा १० टोली मध्ये नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, नेदरल्यान्ड्स, जिम्बावे, श्रीलंका, वेस्टइन्डिज गईसकेको छ । अब दक्षिण अफ्रिका र आयरल्यान्ड मध्ये एक टोलिको छनोट हुन बाँकि छ ।

छनोटका १० टोलीलाई दई समूहमा विभाजन हुँदै सुपर सिक्स तय गरिन्छ । सुपर सिक्सबाट शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछन् । नेपालको लागि विश्वकप धेरै कठिन देखिन्छ । तर छनोटमा पुगेर टेस्ट राष्ट्रहरुसँग खेल्न पाउनु नै नेपालको लागि ठूलो उपलब्धी हो ।

एसीसी प्रिमियर कप खेल्ने नेपालको टोली:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

वैकल्पिक खेलाडी स् अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।

 




भर्खरै