६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबारदेखि एसीसी प्रिमियर कप: नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने स्वर्णिम अवसर



फाईल फोटो
अ+ अ-

काठमाडौं । भोलि वैशाख ५ गते मंगलबारबाट एसीसी प्रिमियर कप सुरु हुँदैछ । ओपनिङ खेलमा घरेलु टोली नेपाल र मलेसियाले खेल्दैछन् । १० टोली सहभागी प्रिमियर कपको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

विजेता टोलिले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । विश्व क्रिकेटका शक्तिशाली यी दुई देशसँग खेल्ने नेपालको ठूलो सपना रहँदै आएको छ । टियु र मुलपानी मैदानमा हुने यस प्रतियोगिता जित्न सके नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कपको विजेता हुनेछन् । बंगलादेश, अफगानिस्तान र श्रीलंका समूह ‘बी’ मा छन् । भारत र पाकिस्तानसँग खेल्न पाउनु मात्र पनि नेपालको लागि ठूलो कुरा हो ।

१० राष्ट्रको सहभागिता रहेको प्रिमियर कपका खेललाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । यस्तै, समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ ।

नेपाल, ओमान, युएई र हङकङ प्रिमियर कप उपाधिका दाबेदार टोली हुन् । यी चार मध्ये एकले एसिया कपमा स्थान बनाउने सम्भावना देखिएको छ । जसमा नेपाल र ओमान पहिलो पटक एसिया कप खेल्ने सोचमा रहेका छन् ।

मोन्टि देशाई मुख्य प्रशिक्षकको रुपमा नेपाल आएपछि नेपाली टोलीमा धेरै परिवर्तन भएको देख्न सकिन्छ । देशाई कै प्रशिक्षकमा नेपालले विश्वकप लिग–२मा पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो । त्यसैले नेपालको मनोबल र सम्भावना उच्च देखिएको छ । टियु मैदानमा भएको पछिल्ला ८ खेलमा नेपालले सबै खेलमा जित हात पारेको छ ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले प्रिमियर कप खेल्ने १४ सदस्सीय अन्तिम टोली घोषणा गरेको थियो। जसमा लिग–२ को अन्तिम सिरिज खेलेको टोलीमा कुनैपनि परिवर्तन गरेको छैन ।

लिग–२ मा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र भीम सार्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए। ज्ञानेन्द्र मल्लले लिग–२ मा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि उनी अनुभवी खेलाडी हुन्। स्पिनरमा सन्दीप लामिछाने र ललित नारायण राजवंशी रहेका छन् । यस्तै, तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, गुलशन झा र प्रतिश जि.सी छन् ।

एसिया कप एसियन टोलीहरुको लागि विश्वकपको तयारी प्रतियोगिता हो । आगमी अक्टोबर नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुनेछ । नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्नेछ । छनोटमा १० टोली मध्ये नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, नेदरल्यान्ड्स, जिम्बावे, श्रीलंका, वेस्टइन्डिज गईसकेको छ । अब दक्षिण अफ्रिका र आयरल्यान्ड मध्ये एक टोलिको छनोट हुन बाँकि छ ।

छनोटका १० टोलीलाई दई समूहमा विभाजन हुँदै सुपर सिक्स तय गरिन्छ । सुपर सिक्सबाट शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछन् । नेपालको लागि विश्वकप धेरै कठिन देखिन्छ । तर छनोटमा पुगेर टेस्ट राष्ट्रहरुसँग खेल्न पाउनु नै नेपालको लागि ठूलो उपलब्धी हो ।

एसीसी प्रिमियर कप खेल्ने नेपालको टोली:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

वैकल्पिक खेलाडी स् अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।