२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त

गाडी चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

गाडी चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
अ अ+ अ-

काठमाडौं । प्रहरीले गाडी र सवारी साधनका पाटपूर्जा चोरी गरेको आरोपमा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने २८ वर्षीय अशोक लामा र मकवानपुरको थाहा नगरपालिका–१२ घर भई हाल काठमाडौं चोभार बस्ने २३ वर्षीय किरण स्याङतान रहेका छन् ।

गत चैत ३० गते राति १० बजेको समयमा चोभारस्थित सुख्खा बन्दरगाहा अगाडि राजेन्द्र खड्काले पार्किङ गरी राखेको बा५ च ९६५७ नम्बरको गाडी हराएको र अन्दाजी राति ११ बजेतिर सोही वडाको चारघरेस्थित सुवर्ण महर्जनले सञ्चालन गरेको चक्रतिर्थ मल्टिपरपोज प्रालिको गोदाममा राखिएको सवारी साधनको पाटपूर्जाहरू चोरी भएको भनि प्रहरी वृत्त कीर्तिपुरमा सूचना प्राप्त भएपछि प्रहरीको टोली खटिएको थियो ।

खोजतलास गर्दै जाने क्रममा चोभार डाँडास्थित खाली चौरमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको उक्त हराएको भनिएको गाडी र गाडीभित्र रहेका लामा र स्याङतानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त गाडी र सुवर्ण महर्जनको गोदामबाट चोरी भएका सामानहरू उनीहरूले नै चोरी गरेको खुलेको छ । पक्राउ परेका दुवै जनालाई चोरी सम्बन्धी कसुरमा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।