• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेडको सहज जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति सम्पन्न खेलमा युनाइटेडले नटिङहम फरेस्टलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

खेलको ३२ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा डिओगो डालोटले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।

जितसँगै युनाईटेड अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ३० खेलबाट ५९ अंक जोडेको छ । यता, नटिङहम भने ३१ खेलमा २७ अंकका साथ १८ औं स्थानमा छ ।