२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड वैशाख २२ गते भारत भ्रमणमा जाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख २२ गते भारत भ्रमण गर्नुहुने भएको छ । भारतले दिएको निम्तोअनुसार नै प्रधानमन्त्री दाहाल वैशाख २२ गते भारत जान लाग्नुभएको हो ।

यसअघि पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कुरा आएको थियो । तर, विविध कारणले उहाँको भ्रमण हुन सकेको थिएन । अहिले भारत भ्रमणको तयारीको लागि नै भनेर प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरिसक्नुभएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भ्रमणको निम्तो बुझाइसकेको बताइएको छ । पछिल्लो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

उहाँले पनि आफ्नो पहिलो विदेश भ्रमण भारत नै हुने बताउँदै आउनुभएको थियो । पहिलो विदेश भ्रमण भारतबाटै गर्ने मनसायले उहाँले गत चैतमा चीनमा भएको बाआओ फोरमका लागि सहभागी हुनुभएको थिएन । बोआओ फोरममा भागलिन उहाँलाई चीनले औपचारिक निमन्त्रणासमेत गरेको थियो ।