५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड वैशाख २२ गते भारत भ्रमणमा जाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख २२ गते भारत भ्रमण गर्नुहुने भएको छ । भारतले दिएको निम्तोअनुसार नै प्रधानमन्त्री दाहाल वैशाख २२ गते भारत जान लाग्नुभएको हो ।

यसअघि पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कुरा आएको थियो । तर, विविध कारणले उहाँको भ्रमण हुन सकेको थिएन । अहिले भारत भ्रमणको तयारीको लागि नै भनेर प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरिसक्नुभएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भ्रमणको निम्तो बुझाइसकेको बताइएको छ । पछिल्लो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

उहाँले पनि आफ्नो पहिलो विदेश भ्रमण भारत नै हुने बताउँदै आउनुभएको थियो । पहिलो विदेश भ्रमण भारतबाटै गर्ने मनसायले उहाँले गत चैतमा चीनमा भएको बाआओ फोरमका लागि सहभागी हुनुभएको थिएन । बोआओ फोरममा भागलिन उहाँलाई चीनले औपचारिक निमन्त्रणासमेत गरेको थियो ।