२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

चीनले बच्चा जन्माउने सीमालाई सन् २०२५ सम्ममा अन्त्य गर्नेः रिपोर्ट

चीनले बच्चा जन्माउने सीमालाई सन् २०२५ सम्ममा अन्त्य गर्नेः रिपोर्ट
अ अ+ अ-

एजेन्सी । चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५ सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको ‘द वाल स्ट्रीट जर्नल’मा उल्लेख छ । 

रिपोर्ट अनुसार सरकारले चीनको चालु पञ्चबर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने प्रतिबन्धहरूलाई पूर्णतया हटाउन सक्छ । 

चीनको राष्ट्रिय तथ्याङ्क विभागले मेमा सार्वजनिक तथ्याङ्कमा देशको जन्म दर सन् २०१६ देखि सन् २०२० सम्म लगातार चार बर्षसम्म घटेको देखिएको थियो । सन् १९५० पछि विश्वव्यापी रूपमा नै सिनच्याङ प्रान्तमा सबैभन्दा बढी जन्मदर घटेको देखाइएको छ । चिनियाँ स्रोतलाई उद्धृत गर्दै ‘द वाल जर्नल’ भनिएको छ, “चीनले जन्मदर कम भएका क्षेत्रहरूमा छिट्टै प्रतिबन्धलाई सहज बनाउन थाल्नेछ र क्रमशः अन्य प्रान्तहरूमा पनि यो योजना अघि बढाउनेछ ।”

चीनले जनसङ्ख्या नियन्त्रणका लागि महिलाहरूलाई बन्ध्याकरणका लागि प्रोत्साहन गरेपछि पाको उमेरको जनस ङ्ख्या अधिक भएको छ । जनसङ्ख्या नियन्त्रणको लागि तय गरिएको नियम तोड्नेलाई जेल सजाय दिने नीतिहरूको कारण जन्मदरमा निकै कमी आएको जर्नलमा उल्लेख छ ।

गत वर्ष परिवर्तनको बावजुद, चीनले खाद्य सङ्कटको चरम विन्दुको तुलनामा देशको हालको आर्थिक वृद्धिपछि पनि प्रति वर्षको नवजात शिशुहरूको जन्म दरमाकमी देखिएपछि नयाँ नीति ल्याई जन्मदरलाई बढाउन लागेको बताइएको छ । चीनमा अहिले पनि प्रति व्यक्ति आय अझै पनि छिमेकी दक्षिण कोरियाभन्दा आधा कम रहेको अमेरिकी पत्रिका वाशिङ्गटन पोस्टले हालै उल्लेख गरेको छ । 

यसअघि सीएनएनमा प्रकाशित एक लेखमा केही विज्ञहरूलाई उद्धृत गरी बेइजिङ्ले बच्चा जन्माउने नियमलाई किन पूरै नहटाएको हो भन्ने सन्दर्भमा यसको कारण सिन्च्याङ हुन सक्ने बताइएको छ । बेन वेस्टकोटले सीएनएनमा लेख्नुभएको छ, “चीनले विशेष गरी सिनच्याङस्थित जातीय अल्पसङ्ख्यक समुदायप्रति बेइजिङ्को मनोविज्ञानका कारण उनीहरूको अभिभावकत्व सीमित राखेको छ ।” 

यसबाहेक, चिनियाँ सरकारले परिवारमा तीन बच्चाको सीमा राख्नुको कारण सिन्च्याङको जन्म दरमा नियन्त्रण कायम राख्नु भएको कतिपय चिनियाँ प्रशासनका आलोचकहरूले भने पनि खासमा १९५० को दशकमा देखिएको उच्च जनसङ्ख्या वृद्धिका कारण आएको खाद्य सङ्कट र अनियन्त्रित जनसङ्ख्या वृद्धि रोक्नु नै ४० बर्ष पहिले अख्तियार गरेको एक बच्चा नीति चीनका लागि बरदान बनेको थियो । 
तर पछिल्लो दशकहरूमा अन्य विकशित मुलुकमा जस्तै चिनियाँहरूले पनि बच्चा जन्माउन नचाहनु बेढ्यौली जनसङ्ख्या बृद्धिको प्रमुख कारण हो ।

कुनै समय अत्यधिक जनसङ्ख्याका कारण असहज बनेको चिनियाँ खाद्य सङ्कट र कमजोर अर्थतन्त्र एक बच्चा नीतिका कारण सफल भएको बताउने गरिन्छ ।

चीनको विकासको क्रममा नीतिले सफलतापूर्वक जन्मदरमा कडाई भएका कारण यसको नकारात्मक प्रभाब हालैका वर्षहरूमा युवा जनसङ्ख्यामा कमी देखिनुलाई मानिएको छ । अधिकारीहरूले देशको आर्थिक वृद्धिको शक्तिलाई थप शसक्त पार्न पर्याप्त युवा श्रमिकहरू हुनुपर्दछ तर चीनको अहिलेको अवस्थाले योभन्दा भिन्न स्थितिको सामना गर्नुपर्ने विज्ञहरूको सुझाब आएका कारण सरकारले बच्चा जन्माउने सीमालाई हटाउन लागेको भनाइहरूमा थप सत्यता देख्न सकिन्छ ।

यो जनसङ्ख्या समस्यालाई सम्बोधन गर्न चीनले सन् २०१६ देखि एक दम्पत्ती एक बच्चा नीतिलाई खुकुलो पार्दै दुई बच्चा जन्माउन पाउने नीति अघि ल्याएको थियो । यसमा पनि थप संशोधन गर्दै यसै बर्षदेखि एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने प्राबधान ल्याइएको छ ।