२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

कालो बादल मडारिन थालेपछि …

कालो बादल मडारिन थालेपछि …
अ अ+ अ-

हेलम्बु । हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ पर्यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उहाँको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पुर्याउने भन्ने । “कालो मडारिएको बादल देखिएपछि डर लाग्न थाल्छ, फेरि पनि पानी पर्ने र खोला भरिने हो कि भनेर”, उहाँले भन्नुभयो, “तीन दिन भयो, फेरि पनि खोला बढेर बगाउँछ भनेर सुत्न पाएका छैनौँ ।”

यही असार २ गते मेलम्ची खोलामा बाढी आउँदा उहाँको घर र जग्गा सबै बाढीले बगाएको थियो । साँझ ७ः०० बजे खोलामा ठूलो आवाज आयो र घरबाहिर निस्केर हेर्दा ठूलो पानी आइरहेको उहाँले देख्नुभयो । त्यो खोला छिनभरिमा नै उर्लियो र राति १२ः०० बजे उहाँको घरजग्गा सबै बगायो । “त्यो दिन हामी घरबाट चाँडै निस्केरमात्र बाँच्न पायौँ”, उहाँ भन्नुहुन्छ, “खोलामा ठूला आवाज र जमीन थरथर काम्न थालेपछि हामी बाहिर के भयो भनेर बाहिर निस्केका हौँ ।”

गत बुधबार आएको मेलम्ची नदीमा आएको पानीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका–१ को तिमु र चिउरी खर्क, वडा नं २ क्युल, वडा नं ६ चालिसेमा बढी क्षति पु¥याएको छ । पचपन्न वर्षीया ज्योति उक्त ठाउँमा बसेको धेरै भए पनि यसरी खोलामा ढुङ्गाको आवाज आउँदै बाढी आएको र जमीन थर्किएको कहिल्यै देख्नुभएको थिएन । 

यस्तै सोही ठाउँका मीनमार तामाङको पनि बगरमा रहेको घर बाढीले लग्यो । घरमा रहेको सबै बगाएपछि सपरिवार उहाँ डाँडामा त्रिपालमा बस्नुभएको छ । खोला एक्कासि बढेर आउँदा आफू र छोराछोरीलाई बचाउन लाग्दा घरको केही नै जोगाउन उहाँले पाउनुभएन । “हामी आफ्नो ज्यान बचाउनका लागि माथि डाँडातिर उक्ल्याँै, अनि हेर्दाहेर्दै खोलाले घर बगायो”, उहाँ भन्नुहुन्छ, “आफूसँग लगाएको कपडाबाहेक घरबाट अरू केही ल्याउन पाएनौँ, घरमा रहेको सबै खोलाले बगायो ।”

यस्तै विष्णुप्रताप खड्काले पनि त्यो दिन दिउँसोदेखि नै खोलामा पानीको बहाव बढिरहेको बताउनुभयो  । “बत्ती गयो, खोलो करायो, गाउँका छरछिमेकी जम्मा भयौँ, खोला हे¥याँै मात्र केही गर्न सकेनौँ”, उहाँले स्मरण गर्दै भन्नुभयो, “भोलिपल्ट हेर्दा केही थिएन ।” त्यस दिन उहाँ भाउजूसँगै भाइको माछा फार्ममा जानुभएको थियो । पानी बढेपछि उहाँ माछा फार्मदेखि भाग्न सफल भए पनि भाउजू भने सक्नुभएन र खोलाले बगायो । 

उहाँसहित पाँच दाजुभाइको ५० रोपनी जग्गा बगर र भाइको माछा फार्म पनि खोलाले खायो । भुवन दङ्गालका अनुसार जेठ मसान्तको दिनदेखि खोलाको बहाव बढिरहेको र असार २ गते ठूलो बहाव आएको हो । “खोला बढेको दिन भूकम्पभन्दा बढी हल्लायो”, उहाँले भन्नुभयो, “अब त बाँचिन्न भनेको थियौँ, हामी त बाँच्यौँ, तर घर बगाएर लग्यो ।”

उहाँ घर बगाएपछि डाँडामा त्रिपालमा सुत्दै आउनुभएको छ ।  दिउँसो भने आफ्नो बगाएको घर कस्तो छ भनेर हेर्न आउने गर्नुहुन्छ । उहाँले भूकम्पले भन्दा बाढीले बढी क्षति पु¥याएको बताउनुभयो । “भूकम्पले बरु त्यति क्षति गरेन, घर भत्कको मान्छे मरेनन्, घर त पछि बनाइहाल्याँै”, उहाँले भन्नुभयो, “तर अहिले घरमात्र बगाएन, घर बनाउने ठाउँ नै बगर भयो, घर बनाउने ठाउँ नै छैन ।”

स्थानीयवासी धु्रवबहादुर श्रेष्ठले सामान्य खोलाभन्दा अहिले १० मिटर माथि बढेर आएको बताउनुभयो । उक्त दिन ७ः०० बजेदेखि पानीको सतह बढे पनि राति १२ः०० बजेदेखि भने लेदोसहितको बाढी आएको उहाँको भनाइ छ । “सामान्य खोलाभन्दा त्यस दिन एकै छिनमा १० मिटर माथि बढेर खोला आयो”, उहाँले भन्नुभयो, “रातीतिर त लेदोसहितको पानी आयो, त्यसपछि मेलम्चीका ड्यामका गिट्टीसहित पानी आयो ।” उहाँले खोला बहाव बढ्न साथ मानिस भागेकाले मानवीय क्षति हुन नपाएको बताउनुभयो । 
    
    बजार बगर

चनौट बजार जिल्लाको उत्तरतिरको किनमेल गर्ने बजार रहेको थियो । धेरै मानिसको किनमेल गर्न त्यहाँ आउने गर्दथे । गत बुधबार आएको मेलम्ची खोलामा आएको बाढीले बजार पूरै बगर भएको छ । बजारका अधिकांश पसल आधा डुबेका छन् भने व्यापारीले आफ्ना सामान सारेका छन् । 

स्थानीय हेलम्बु युवा समाजका सचिव रोशन दङ्गालले साँझतिर आएको बाढीमा कसैले पनि केही निकाल्न नपाएको बताउनुभयो । बजार क्षेत्रका सबै घर र पसलमा ताला लगाएर मानिसहरु डाँडामा बस्ने गरेका छन् । दिउँसो भने ती व्यापारी आफ्नो सामान पसलबाट झिकेर सुरक्षित ठाउँमा राख्ने गरेका छन् । 

उहाँले खोलाको बहाव बढिरहेकाले बजार अझै पनि असुरक्षित रहेको बताउनुभयो । “पानी परिरहेको छ, कतिबेला बजारतिर खोला पस्छ भन्ने चिन्ता सवैलाई छ”, उहाँले भन्नुभयो, “साँझतिर पानी पर्न थालेपछि यहाँका व्यापारीहरु त्रासमा हुन्छन् ।” उहाँले जिल्लाकै तेस्रो ठूलो बजार क्षेत्रका रुपमा रहेका यस बजारमा यसअघि हजारौँ मानिस किनमेल गर्न आउने गरेका बताउनुभयो । उहाँका अनुसार बाढीले बजार क्षेत्रका ५० घरमध्ये २० बगाएको र करीब रु सात अर्ब बराबरको क्षति भएको छ । 

    विस्थापितलाई स्थायी रुपमा स्थापना

वागमती प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले जुरे पहिरो र भूकम्पबाट तङ्ग्रिँदै गर्दा बाढीले पुनः जिल्लालाई पहिलेको ठाउँमा पु¥याएको बताउनुभयो । उहाँले अहिले हेलिकप्टरबाट पहिरोमा परेकालाई उद्धार, बेपत्ताको खोजी जारी र मृतकको शव खोज्ने कार्य भइरहेको जानकारी दिनुभयो । 

उहाँले विस्तापितलाई स्थायी रुपमा स्थापित गरिने बताउनुभयो । “विस्थापितलाई स्थापित गर्नका लागि स्थानीय सरकारसँग मिलेर जग्गा उपलब्ध गराउने र सङ्घीय सरकारसँग मिलेर पुनर्निर्माणको काम गर्नेछौँ”, उहाँले भन्नुभयो, “पुनस्र्थापना गर्नका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ ।” 

उहाँले गत वर्ष पुनस्र्थापना गर्न बाँकी रहेका र अहिले बाढीपहिरामा परेकालाई स्थायी बसोबास गर्नका लागि सरकारले काम अगाडि बढाइरहेको छ । उहाँका अनुसार प्रदेश सरकारले विस्थापितलाई रु ५० हजार तुरुन्तै, घरजग्गा नभएकालाई घडेरी किन्न रु तीन लाख र घर बनाउनका लागि रु पाँच लाख दिनेछ । 

    पूर्वाधारका लागि छुट्टै रकम

प्रदेश सरकारले विस्थापितको घर नजीक बाटोघाटो, विद्युत्, ढल निकास र खानेपानीका लागि छुट्टै रकम उपलब्ध गराउने भएको छ । “न्यूनतम पाँच घरपरिवारको एउटै बस्ती बन्छ भने एक परिवार बराबर रु पाँच लाखका दरले पूर्वाधार विकासका लागि दिनेछौँ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले कानून बनाएर बजेट नै विनियोजन गरेको छ, यसमा सङ्घ र स्थानीय सरकारको दायित्व रहेको छ ।”

उहाँले जोखिम भएको ठाउँबाट बस्तीलाई अन्यत्र सारी एकीकृत बस्ती बनाउने सरकारले बताउनुभयो । चनौट बजारमा करीब ११० घरपरिवार बाढीका कारणले विस्थापित भएका छन् । वाग्मती प्रदेशले हेभिटेन्ट ५० थान र त्रिपाल सय थान तथा १० प्याक औषधि बाढीपीडितलाई उपलब्ध गराएको थियो । यस्तै तिलगङ्गा आँखा अस्तालले सय परिवारलाई पुग्ने खाद्यान्न उपलब्ध गराएको छ । – शरद् शर्मा